वराहक्षेत्रमा मदन भण्डारी फाउन्डेसनको कमिटी गठन

अच्युत भट्टराई
बराहक्षेत्र ।
वराहक्षेत्रमा ४३ सदस्यीय मदन भण्डारी फाउन्डेसन नगर कमिटी गठन भएको छ । जसको अध्यक्षमा बद्रीनाथ घिमिरे , उपाध्यक्षमा अम्बर गुरुङ , सचीव गुणराज कोइराला
सह सचिवमा अर्जुन राई र कोषाध्यक्ष मिना कार्की सर्व सहमत चयन भएका छन् । सोमबार चक्रघट्टि स्थित रेड्क्रस भवनमा भएको उक्त कार्यक्रमको सभाध्यक्षता गर्दै सुनसरी जिल्ला मदन भण्डारी फाउन्डेसनका अध्यक्ष युवराज गौतमले २०६६ सालमा स्थापना भएको यस संस्थाले मदन भण्डारीको बिचारलाइ स्थापित गर्ने कामलाई अगाडी बढाउने उदेश्यका साथ काम गरिरहेको बताए । यो संस्था कुनै गुट बन्दी गर्ने हिसाबले स्थापना भएको होइन कहि कतै यस्ता भ्रमित कुराहरु पनि आएका छन यसमा कोहि नलाग्न आग्रह गर्दछु गौतमले बताए । त्यस्तै स्वागत मन्तव्य राख्दै नव गठित संस्थाका अध्यक्ष घिमिरेले मदन भण्डारी फाउन्डेसन गठन हुँदै गर्दा नेकपाको समानान्तर नगर कमिटी गठन हुन लागेको भ्रम फैलाइएको बताए । यो सामाजिक संस्था हो यसले नगर कमिटीलाई कुनै असर पुर्याउदैन अझ बलियो बनाउन सहयोग गर्छ यसरी कोहि पनि नआतिनु होला नडराउनु होला घिमिरेले बताए । कार्यक्रम नेकपाका प्रदेश सदस्य तथा मदन भण्डारी फान्डेसनका प्रदेश सदस्य खेमराज पोखरेलको प्रमुख आतिथ्य साथै बराहक्षेत्र नगर प्रमुख निलम खनाल ,फाउन्डेसनका प्रदेश सदस्य मुरारी सुवेदी को बिशिष्ट आतिथ्यतामा भएको थियो । फाउन्डेसनका सुनसरी जिल्ला सचिव किसोर कार्कीले संस्थाका बारेमा बताए भने कार्यक्रम सन्चालन नेकपा का जिल्ला सदस्य योगराज खड्काले गरेका थिए ।

75Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *