शाहीको अभिव्यक्ति बिरुद्ध नगरको प्रेस बिज्ञप्ति

अच्युत भट्टराई ,
वराहक्षेत्र ।
गत भदौ २० गते इटहरी स्थित ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति तथ्यहीन रहेको भन्दै वराहक्षेत्र नगरपालिकाले प्रेस बिज्ञप्ति सार्वजनिक गरेको छ । नगर प्रमुख निलम खनाल द्वारा प्रस्तुत गरिएको बिज्ञप्तिमा महालेखा परिक्षकको प्रतिवेदनको अन्य शिर्षकमा उल्लेख गरिएको रकम १३ करोड १५ लाख ४५ हजारलाई शाहीले मोजमस्ती खर्च भनी भ्रामक भाषणबाजी गरेको बताइएको छ । उक्त रकम सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताहरु र धरौटी फिर्ता अन्तर्गतको खर्च रकमलाई महालेखा परिक्षक प्रतिवेदनले सारांशमा प्रस्तुत गर्दा अन्य शिर्षकमा राखेको लेखा परिक्षणमा स्पष्ट पारेको छ । यसका साथै २५ करोड १४ लाख २१ हजार रुपैयाँ शिक्षा , स्वास्थ्य , कृषि , पशु सेवा शाखाका कर्मचारीको तलब , भत्ता लगायत नेपाल सरकारको सशर्त अनुदान तर्फको पुँजीगत कार्यक्रम समेतको खर्च भएकामा गलत व्याख्या गरि भाषण बाजीका माध्यम द्वारा जनतामा भ्रम छर्ने काम भएको स्पष्ट पार्छौ बिज्ञप्तिमा भनिएको छ ।
#बेरुजुका सम्बन्धमा –
७ करोड ७० लाख ३० हजार बेरुजु रहेका सम्बन्धमा भने नगरपालिकाले बिस्तृत विवरण सार्वजनिक गरेको छ ।
जसमा ९ लाख ७८ हजार बिद्यालयलाई निकाशा बढी भएको साझेदारी कार्यक्रमको सम्पुर्ण रकममा करकट्टा नभएको , दोहोरो संचार सुबिधा भुक्तानी भएको ( वडा तर्फ ) सम्झौता बमोजिम ढिला काम गरेको , समयमा राजस्व दाखिला नगरेको समेत , ६४ लाख १६ हजार विभिन्न वडा कार्यालय बाट बाटो मर्मत लगायतको कार्य अमानतबाट संचालन गर्ने भनी निर्णय संलग्न नभएको , पटक पटक खरिद गरेको भनी उल्लेख भएको , मर्मत सम्भार कार्य सम्पन्न प्रतिबेदन संलग्न नभएको । ६ करोड ८९ लाख १९ हजार श्रेष्ताले देखाएको बाकी मौज्दात भन्दा ४ वटा बैंक खाताको मौज्दात बढी देखिएकोले बैक हिसाब मिलान विवरण तयार गर्नु पर्ने । ७ लाख १७ हजार नगरपालिका अनुदान चालुबाट विभिन्न कर्मचारी र संस्थाहरुलाइ कार्यक्रम संचालनका लागि दिएको पेश्की भनिएको छ ।

#भ्रष्टाचार गरेको ठहर भए मेयरले राजीनामा दिने-
नगरप्रमुख निलम खनालले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति उछृङ्खल तथा जनउत्तेजना फैलाइ संघीयता असफल बनाउने कुचेष्टा राखी प्रस्तुत भएको बताएका छन् । यदि मैले सरकारले दिने सेवा सुबिधा भन्दा बढी १ पैसा तल माथी गरेको रहेछु भने अदालतमा मुद्दा हाल , प्रमाण पुर्याउ म १ मिनेट पनि पदमा बस्दिन सबै चुक्ता गरेर राजिनामा दिन्छु मेयर खनालले बताए । बेरुजु लाई भ्रष्टाचार भन्न पाइदैन , यो फर्छयौट गर्दै जाने रकम हो यसमा हामी जनप्रतिनिधि र कर्मचारी लागिपरेका छौ । यस्तो भ्रम पुर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्नु पर्छ , जथाभावी बोल्दै हिड्ने अधिकार कसैलाई छैन मेयर खनालले बताए ।

185Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *