नगरमा कुनै ठोस काम भएको छैन – नेता जगत बहादुर कार्की

  1. जगत बहादुर कार्की बिगत २७ बर्ष देखि राजनीतिक क्षेत्रमा क्रियाशिल रहेर पार्टी एवम् सामाजिक संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका वराहक्षेत्र नगरपालिका वार्ड न ५ निवासी नेपाली काङ्ग्रेस नेता हुन । साबिक भरौल गाबिस नेपाली काङ्ग्रेस सभापतिको पद सम्हालिसकेका उनी हाल भरौल खानेपानीको सचीव समेत रहेका छन् भने नेपाली काङ्ग्रेसको नगर तदर्थ समितिका पार्टी प्रबक्ता हुन् । उनै नेता जगत बहादुर कार्की सँग समृद्ध वराहक्षेत्र साप्ताहिकका कार्यकारी सम्पादक अच्युत भट्टराईले गरेको कुराकानीको सार ।
    १. अहिले कता ब्यस्त हुनुहुन्छ ?- त्यस्तै राजनीतिक सामाजिक क्षेत्र तिरै ब्यस्त छु । हिजो अस्ति पार्टीको जागरण अभियान चलिरहेको थियो त्यता पनि केही दिन ब्यस्त भइयो ।

    २. यो जागरण अभियान भनेको के हो ? यसले के गर्छ ?

    पार्टी अहिले अलिक शिथिल छ , यस्तो अवस्थामा यस्ता अभियान संचालन हुने गर्दछ्न । यसले पार्टी नेता कार्यकर्तालाई सक्रिय बनाउने काम गर्छ । साथै यहि अभियानमा हामी सरकारले गरेका गलत क्रियाकलापका बारेमा समेत तल्लो तह सम्म पुर्याउने जनतालाई सुसूचित गर्ने काम गर्छौ ।

    ३. अहिले यहाँहरु प्रतिपक्षमा हुनुहुन्छ ? यहाँको स्थानीय सरकारले गरेका कामलाई कसरी नियाल्नु भएको छ ?

    – यहाँ नगरभित्र के भैरहेको छ भन्ने कुरानै बाहिर आउदैन , जनता सुसूचितनै हुन पाइरहेका छैनन । भित्री रुपमा डिजाइन भएर काम हुन्छ हाम्रा केही वडाध्यक्षहरु त्यहाँ भए पनि खासै प्रभावकारी भुमिका खेले जस्तो लाग्दैन । एकात्मक तरिकाको व्यबहार भैरहेको छ । जस्तो कि अस्तिको साधारणसभामा हामीलाई पनि बोलाइयो मेयर साबले नगरको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भो हामीले ताली पिटयौ खुल्ला शत्रको कार्यक्रम सकिएको घोषणा भयो । कमसेकम शुभकामना मन्तब्य राख्न त दिनु पर्छ नि दुई चार जना लाई । हामी त साक्षी बस्न गए जस्तो मात्रै भो ।

    ४ बाहिर नआउने भन्नाले कस्ता कुराहरु बाहिर आउदैनन ?

    – जस्तो नगरले कुनै काम गर्दैछ । उपभोक्ता समिती गठन हुन्छ , यहाँ ५० फिटको बाटो बन्ने हो भन्छ डोजर चलाएर खन्न थाल्छ । तर अलिक पर गएर त्यहि बाटो ४० फिटको बन्छ । कहाँ के काम हुन लागेको हो के निर्णय भएको छ कम्तिमा सार्वजनिक त हुनु पर्यो नि ।

    ५. योजना छनौट गर्दा अथवा उपभोक्ता समिती गठन गर्दा सुचना त आउने गरेकै छ होइन र ? के तपाईंहरु त्यो भेलामा जानू हुन्न र ?

    सूचना फेसबुकमा देखिन्छ , सबैले त्यो पढ्दैनन । फेरि त्यहा हामी गए पनि काम छैन किन भने पुर्व सेटिङ भैसकेको हुन्छ कसलाई अध्यक्ष सचिव बनाउने भनेर अनि भेलामा पनि त्यही किसिमका मान्छेहरु तयार गरेर गर्ने गरिन्छ ।

    ६. प्रतिपक्षदलमा रहेको नेपाली काङ्ग्रेसले स्थानीय सरकारलाई खबरदारी गरेन भनेर तपाईंहरुकै कार्यकर्ताको आरोप छ नि ?
    – यो कुरा सहि हो हामी बाट त्यो खबरदारी हुन नसकेको म स्वीकार गर्छु । हाम्रो अहिले पार्टी तदर्थ समिती छ , अहिले पार्टीमा एकजुट हुने शक्ति संचय गर्ने कुरा अलिक मिलिसकेको छैन । केही महिना पछि बिधान सम्वत नगर कमिटी निर्माण हुन्छ त्यस पछि हामी सक्रिय हुनेछौ ।

    ७. भने पछि पार्टीमा बिबाद छ ?
    – केही को असन्तुष्टि हुनु स्वभाबिक हो । यति धेरै ठूलो नगर छ अलि अलि बिबाद त जहाँ पनि हुन्छ नि ।

    ८. स्थानीय सरकारको अहिलेसम्मको उपलब्धि पुर्ण काम के लाई लिनु भएको छ ?

    केही भएको जस्तो लाग्दैन । यत्रो बजेट आउँछ कुनै ठोस काम भएको छैन । एक दुई ओटा त देखिने ठुला काम हुनु पर्छ नि । यत्रो पर्यटकिय क्षेत्र छ , कृषी छ , बन छ , शिक्षा स्वास्थ्य केहीमा पनि त्यस्तो उल्लेखनीय काम भएको छैन । साधारण पहिले भए जस्ता काम गिटि छर्ने कलभर्ट बनाउने त्यो पनि उनिहरुका कार्यकर्ताले भनेका ठाउँमा , अनि केही आफ्नालाइ वार्डमा , नगरमा जागिर खुवाउने ।

    ९ पार्टी कार्यकर्ता लाई के भन्नू हुन्छ ?

    – राजनितिमा कहिले काहीँ खप्नु पनि पर्छ । उनीहरुले जस्तो काङ्ग्रेस सरकारमा हुदा पनि हाम्रा कार्यकर्ताले १० लाखमा ३ लाखको काम गरेर अरु बजेट खाने जस्ता काम हरु गरेर फाइदा लिएका पनि थिएनन् । त्यसो हुदा आत्तिने निरास हुनु पर्ने त्यस्तो केही छैन । सत्ता फेरबदल भइरहन्छ सधै एउटैले मात्रै राज गरिरहदैन।

    १०. स्थानीय सरकार लाई केही सुझाव सल्लाह छ कि ?

    जनता लाई राजनितिक दृष्टिकोणबाट मात्रै नहेरियोस । जनप्रतिनिधि भैसके पछि यो उ नभनी समान व्यबहार हुनु पर्छ । सबैलाई सुचना हुनु पर्छ । स्वार्थी भावनाहरु त्यागेर सबैको हितमा काम होस । व्यापक छ्लफल द्वारा दिगो बिकासका योजनाहरु ल्याइयो

224Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *