समृद्ध बराहक्षेत्रको परिचयात्मक कार्यक्रम सम्पन्न

वराहक्षेत्र ।
समृद्ध वराहक्षेत्र साप्ताहिक पत्रीकाको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पत्रीकाका सम्पादक पुष्पा धामिको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख निलम खनालको प्रमुख आतिथ्यता रहेको थियो । पत्रीकाका संचालनका बारेमा बोल्दै प्रकाशक तथा कार्यकारी सम्पादक अच्युत भट्टराईले वराहक्षेत्र नगरपालिका बाहिरका मिडियाको भर पर्नु पर्ने अवस्था
रहेको हुदा त्यसलाई चिर्दै स्थानीय बिषयवस्तु हरु उठान गर्ने उदेश्यले पत्रीका प्रकाशनमा ल्याएको बताए । सत्य तथ्यमा रहेर निश्पक्ष तरिकाले समाचार लेख्नु पत्रकारको धर्म हो तर वराहक्षेत्रमा पत्रकारलाई प्रयोग गर्न खोजिन्छ । समाचार लेखाउन खोजिन्छ , अरुले लेखाएको समाचार लेख्ने पत्रकार होइन समाचार सन्तुलित लेख्नु पर्छ भट्टराईले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी निलम खनालले वराहक्षेत्रमा कृषि लगायतका , पशु पालन जडिबुटी लगायतका कुराहरु जुन यहाँका जनतालाई जान्न बुझ्न आवाश्यक छ त्यस्ता बिषयहरु पनि पत्रकारले उठान गर्नु पर्ने बताए । राजनीतिक कार्यक्रमहरुका समाचार पाठकले त्यति मन पराउदैनन । अलिक फरक ढंगले खोजमुलक समाचार दिन सके पत्रीका सबैको रुचि बन्न सक्ने मेयर खनालले बताए । त्यस्तै मन्तब्य राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बराहक्षेत्रका नगर अध्यक्ष कमलबहादुर कटुवालले पत्रकारहरुले स्थानीय सरकारलाई अलिक खवरदारी गर्न नसकेको बताए । कृषि क्षेत्रमा बिनियोजन भएका बजेटले के कति काम भयो कर्मचारीले कतिको सहि ढंगले काम गरेका छन् यस्ता कुराहरु खोजि गरेर बहिर ल्याउनु पर्यो अध्यक्ष कटुवालले बताए । त्यस्तै कार्यक्रम शुभकामना मन्तव्य , मुनबिम एकेडेमीका प्रीन्सिपल देवेन्द्र बिष्ट , वराहक्षेत्र ५ का दुर्गा बस्नेत , राजनीतिज्ञ लक्ष्मण चौधरी , राप्रपाका नगर अध्यक्ष अर्जुन भट्टराई , विशेष अतिथी नेपाली काङ्ग्रेस नगर प्रबक्ता जगत बहादुर कार्की , विशेष अतिथी नेकपा जिल्ला सदस्य पुष्प ढुंगाना , वडा नम्बर ४ का अध्यक्ष आशाराम चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पत्रीकाका प्रबन्धक तथा सम्बाददाता प्रदिप चौधरीले राखेका थिए । उनले बराहक्षेत्रमा पत्रकारिता गर्नु चुनौती रहेको छ । यहाँका जनप्रतिनिधि , बुद्धिजीवी समाजसेवी ब्यापारीको साथ र सहयोग भए मात्रै आफुहरु अगाडि बढ्न सक्ने बताए । कार्यक्रम संचालन वराहक्षेत्र साप्ताहिक शब्दगढी पेजका संयोजक प्रकाश दिप्सालिले गरेका थिए । त्यसै गरि कार्यक्रममा पत्रकारहरु ब्लाष्ट टाइम्सका दैनिकका सन्तोष गुप्ता , रामधुनी रेडियोका रामनन्द चौधरी , बराहक्षेत्रका पुराना पत्रकार दुर्गा बस्नेत , बराह यु ट्युब च्यानलका खडग लिम्बू , सहयोगी डिभाइन लाइटका प्रीन्सिपल हरि सापकोटा , मुनबिम एकेडेमीका प्रीन्सिपल देवेन्द्र बिष्ट , मामा भान्जा हार्ड्वेयरका प्रोपराइटर प्रदिप ढकाल लाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको आयोजक कमिटीका प्रदिप चौधरीले बताए ।

97Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *