वालवालिका र समाजमा सम्बन्ध विच्छेदले पारेको प्रभाव

 

दुर्गा दंगाल(चाँदनी)

आजको २१ औं शताब्दीको आधुनिक युगमा समय चक्र संगसंगै नेपाली समाज परिवर्तन हुदै गईरहेको पाईन्छ । यहाँ समाजिक मुल्य, मान्यता, धर्म , संस्कृति रितीरिवाज आदिमा परिवर्तन आईरहेको छ । विभिन्न सुचना प्रविधिहरु पनि भित्रि रहेका छन् । यि प्रविधिहरु संगसंगै पश्चिमा धर्म संस्कृतिहरु पनि भित्रि रहेका पाईन्छन् । यसै क्रममा सम्बन्ध विच्छेद पनि नेपाली समाजमा एक ठुलो समस्याको रुपमा वृद्धि हुदै गईरहेको छ । पछिल्ला केही वर्ष यता सम्बन्ध विच्छेदका घट्ना प्रसस्तै सुन्नमा आउँछन् । एका तर्फ सुचना प्रविधिको विकासले धेरै राम्रा ठूल्ठूला कामहरु पनि भएका छन् । जसले समाजलाई वैज्ञानिक र सम्वृद्धिको विकास गर्दै लगेको छ भने अर्को तिर मानव जनजिवनलाई काम गर्न सहजता प्रदान गरि समाज परिवर्तन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । समयले बैज्ञानिक युगमा फड्को मारेको छ भने अर्कोतिर सुचना प्रविधिको दुरुपयोगको कारणले समाजमा पारिवारिक वेमेल गराई एक अर्कामा विश्वासको कमि र पश्चिमा संस्कृतिको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्ध विच्छेदको अवस्थामा पु¥याएको पाईन्छ ।
पति पत्नी विच हुने कमजोर सम्बन्ध नै सम्बन्ध विच्छेदको प्रमुख कारण हो । यो समस्या गाउँमा भन्दा पनि शहरमा दिन प्रति दिन बढ्दै गईरहेको पाईन्छ । भने सामान्य परिवारमा भन्दा पनि सम्पन्न परिवारमा वढि देखिन्छ । विवाह पछि पति पत्नीको मात्र सम्बन्ध गाँसिएको हुदैन । यहाँ वालबच्चा सहित विभिन्न धर्मसंस्कार, संस्कृति, मुल्य मान्यता, दृष्टिकोण, नाता सम्बन्ध पनि जोडिएका हुन्छन् । पति पत्नी विच सम्बन्ध कमजोर हुने वित्तिकै परिवारमा विखण्डन आउँछ । जसको कारण विभिन्न मुल्य मान्यता, नाता सम्बन्ध, धर्म, संस्कृति , वालवालिका माथि नराम्रो असर पर्न जान्छ । जसले गर्दा घरपरिवार हुदै गाउँ समाज नै विखण्डन हुन जान्छ ।
हुन त विवाहलाई एक पवित्र बन्धन र परिवार तथा समाज निमार्णको एक वलियो आधारको रुपमा लिनु पर्ने हो । तर आधुनिक नेपाली समाजमा पनि यो मान्यतामा दिन प्रति दिन ह्रास आउँदै गएको आभाष हुन्छ । पति पत्नी विच मनमुटाव भई वेमेल भैसके पछि सधै एकै छाना मुनि एउटै ठाउँमा झै झगडा गरेर बस्नु भन्दा कुनै निकास निकालेर एक अर्कामा स्वतन्त्र हुनु नै राम्रो हुन्छ । दिनरात झै झगडा मात्र गर्दा पनि घरपरिवार गाउँ समाजमा अशान्ति हुन्छ । त्थो भन्दा राम्रो सम्बन्ध विच्छेद गरि एक अर्कामा स्वतन्त्र हुन नै राम्रो देखिन्छ । यी कुरालाई मध्यनजर गर्दै विश्व समाजमा विभिन्न निती नियम र कानुनहरुको निमार्ण भएका छन् । त्यस्तै नेपाल पनि यसबाट अछुेतो रहन सकेको छैन । नेपालमा पनि सम्बन्ध विच्छेद सम्बन्धी मुलुकी ऐन २०२० को लोग्ने स्वास्नीको महलमा व्यवस्था गरिएको थियो भने हालको नयाँ कानुन मुलुकी देवानी (संहिता)ऐन २०७४ को भाग ३ को परिच्छेद ३ मा पनि समान रुपमा व्यवस्था गरिएको छ ।
साविकको मुलुकी ऐनमा महिला र पुरुषमा असमान नियमको व्यवस्था गरिएको थियो भने हालको मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला र पुरुषमा समान नियमको व्यवस्था गरिएको छ । सके सम्म कानुनले सम्बन्ध विच्छेद नगर्न प्रोत्सान गर्न खोजेको छ । जसमा बालविवाह ,बहुविवाहलाई पूर्णरुपमा निषेध गरेको छ । तर पनि अहिले नेपाली समाजमा एक दशक अघि सम्म छिटपुट रुपमा देखा पर्ने सम्बन्ध विच्छेदका घट्नाहरु एकाएक वृद्धि भएर गएको छ । २०७५ भदौ १ गते नयाँ कानुन लागु भए संगै सम्बन्ध विच्छेदका लागी अदालतमा निवेदन दिने पुरुषहरुको संख्यामा पनि वृद्धि भएको देखिन्छ । जुन समाजको लागि ठूलो समस्याको रुपमा देखा पर्दै गईरहेको छ ।
कानुनी व्यवस्था गरिएता पनि विचारणिय कुरा यहाँ छ कि सम्बन्ध विच्छेदले पूरुष र महिलालाई भन्दा पनि वालवच्चाहरुको विचल्ली हुने गरेको घट्ना गाउँ समाजमा प्रसस्त मात्रामा पाउन सकिन्छ । भोलीको समाजमा हुने अस्तव्यस्तता पनि त्यतिकै बढेर जाने देखिन्छ । बाबुआमा छुट्टिदा बालबच्चामा मानसिक पिडा हुने गरेको र ती बच्चाहरु भोली गएर कुलतमा फस्ने गरेको पाईन्छ । त्यस्तै गरि सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा पनि ती बच्चाहरु पिडित हुन गएको समाजमा पाउन सकिन्छ । जसले गर्दा भोलीको घर परिवार र समाजमा नै नकारात्मक प्रभाव पर्न जाने देखिन्छ ।
अहिले नेपाली समाजमा पनि घरेलु हिंसा, वैदेशिक रोजगार , पति पत्नी बिच एक अर्कामा शंका उपशकां गर्ने प्रवृति , सानै उमेरमा विवाह गर्ने र पछि जिम्मेवारी वढ्दै जाँदा छुट्टिने र सामाजिक सचेतनाका कारण तथा बढदो स्वतन्त्रताका कारण पनि जायज तरीका तथा नाजायज तरीका बाट पनि सम्बन्ध विच्छेदका घट्नाहरुमा दिन प्रति दिन वृद्धि हुदै जानु समाज र राष्ट्रका लागी एक ठुलो चुनौती देखा परेको छ । अभिभावकले सम्बन्ध विच्छेद गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य , मनोविज्ञानमा नराम्रो असर पर्न जान्छ । जसले गर्दा भविष्यमा गएर वालवालिकाको भविष्य अन्धकार हुन्छ । गाउँ समाजमा अशान्तिको वातावरणको सृजना हुन्छ । वालवालिकाको यी यस्ता समस्या न्यूनिकरण गर्नको लागि परिवार भित्र एकले अर्कालाई वुझ्ने र अनावश्यक शंका उपशंका गर्ने , झगडा गर्ने बानी हटाउनु पर्ने देखिन्छ । समाजमा सम्बन्ध विच्छेद एक ठूलो समस्याको रुपमा दिन प्रति दिन विकसित हुदै गई रहेको यो अवस्थामा आजको आधुनिक, वैज्ञानिक र सुचना प्रविधिको समयमा घरपरिवार प्रतिको उत्तरदायित्व प्रति हरेक व्यक्ति सचेत नहुने हो भने साथै राज्यले आफ्नो राष्ट्र र जनता प्रतिको कर्तब्य र उत्तरदायित्व प्रति सचेत नहुने हो भने यो समस्याले घरपरिवार हुदै समाज तथा राष्ट्र नै विखण्डन हुने टड्कारो रुपमा देखिन्छ ।
यस समस्याको समाधानको उपाय भनेको नै सकारात्मक सोच नै हो । जसले घर परिवारलाई एक अर्कामा बाँधेर राख्दछ । सकारात्मक सोच र विश्वास नै सम्बन्धको बलियो कडि हो । पारिवारिक मनमुटाबको अन्तिम उपचार सम्बन्ध विच्छेद नै होईन । तर सम्बन्ध विच्छेद देखासिकी, आडमबरीता, विदेश मोह ,पश्चिमा संस्कृतिको अनुसरण र बढी स्वतन्त्रता चाहानाले सम्बन्ध विच्छेद नेपाली समाजमा बढ्दै गएको छ । जसलाई रोक्नु अति नै जरुरी भैसकेको छ ।
ddangal26@gmail.com

116Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *