सुनसरीमा ओम बौद्धिक आध्यात्मिक समाज गठन

 

इटहरी ।
पुर्विय अाध्यात्मिक दर्शनलाइ नयां ढंगले प्रयाेग र चिन्तन गर्ने र भजन किर्तन,खैजेडु,वालन,संगिनी र नाटय सहितकाे सांस्कृतिक सांगठानिक अभियान सहित सुनसरी जिल्लामा रहेका अाध्यात्मिक अगुवाहरूकाे भेलाले अाेम वैदिक अाध्यात्मिक समाज सुनसरी जिल्ला समितिकाे गठन गरेकाे समाचार प्राप्त भएकाे छ ।अभियन्ता तथा संस्कृतका शास्त्रि अाचार्य श्री मणि प्रसाद भन्डारी र राजेन्द्र अधिकारी ( सुधिर ) काे विेशेष पहलमा भएकाे भेलाले मणि प्रसाद भन्डारीकाे अध्यक्षतामा २९ सदस्यिय जिल्ला तदर्थ समिति गठन गरेकाे जसमा सुनसरी छ वटा नगर र गाउंपालिका वाट प्रतिनिधित्व हुने गरी सामेल गराइएकाे छ,समितिमा रहनु हुुनेमा इंटहरिवाट राजेन्द्र अधिकारी,सचिवमा वेला प्रसाद धमला,सह सचिवमा रमा भटटराइ,र काेषाध्यक्षमा जिवनाथ पाेखरेल,त्यसै गरी सदस्य हरूमा धरान वाट लक्षमी प्रधान,निर्मला शिवाकाेटी,माेहन श्रेस्ठ,वराह नगर वाट श्री वहादुर रायामामी,पवित्रा श्रेस्ट,विणणु पराजुली,राम धुनी वाट प्रेम चाैधरी,अर्जुन विस्ट,विणणु कुंवर,इनरूवाट सराेज सिंह,काेशी गाउं पालिका वाट सिवेन्द्र कर्ण,दुहवी नगरवाट पंन्डित कृणण प्रसाद भटटराइ,भवगती घिमीरे,रमेश रेग्मी,शारदा कटुवाल लगायत छन् ।भेलाले अध्यक्ष मणि प्रसाद र उपाधयक्ष राजेन्द्र अधिकारिले संयुक्त रूपमा विधान र अवधारणा सम्वन्धी लिखित मर्याैदा तयार गर्ने जिम्मा दिइएकाे छ । त्यसै गरी समाजकाे मातहतमा हुने गरी हाललाइ ३१ सदस्यीय इंटहरि उप महानगर समिति र इंटहरीकै वडा न. २,३,१६ मा वडा कमिटी गठन ,सांस्कृतिक भेला सम्पन्न भइसकेका छन् । अन्य वडा र अन्य नगरमा पनि सांगठनिक अभियान अघि वढेकाे कुरा उपाधयक्ष राजेन्द्र अधिकारी ( सुधिर )ले वताएका छन् ।

97Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *