राष्ट्रिय बालदिवस भव्य रुपमा मनाईयो

टिकाराम वि.क.बाट

बुढीगंगा/मोरङ्गको बुढीगंगा गाउपालीका वडा न.ं ६ मा रहेको नारायण मा.वि. सुक्चरको प्राङ्गडमा बुढीगंगा गाउपालीका स्तरीय बाल संरक्षण समिती तथा बाल क्लवको आयोजना र बुढीगंगा गाउपालिका साथै राष्ट्रिय सामुदायिक विकास केन्द्र (N.C.D.C) विराटनगरको सहयोगमा आइतबार राष्ट्रियबाल दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभा अध्यक्ष बुढीगंगा गाउपालिका उपाध्यक्ष अमृता कुमारी गच्छयदारको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रमको प्रमुख अथिती बुढीगंगा गाउपालीकाका अध्यक्ष बालचन्द्र माझीको प्रमुखआतिथ्य रहेको थियो । विशिष्टअथिती मोरङ्ग जिल्ला समन्वय समिती सदस्य बविता चौधरी रहेकी थिइन भने अथितीहरु मोरङ्ग जिल्ला शिक्षा समन्वय समिती सदस्य ज्ञानकुमार परियार, बुढीगंगा कार्यपालीका सदस्यहरु मिना बिश्वास, गोविन्द उराँब, मेलमिलाप अध्यक्ष रामनारायणचौधरी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीहरु रहेका थिए ।
र्काक्रम बुढीगंगामा रहेका अन्तर मा.वि का विधार्थीहरुको प्रतियोगितात्मक वक्तित्वकला रहेको थियो ।
वक्तित्वकला प्रतियोगितामा समावेश विद्यालयहरु नमुना मा.वि, लक्ष्मि मा.वि, जनप्रिय मा.वि, नारायण मा.वि, सरस्वति मा.वि र कर्माविर मा.वि रहेका थिए । जस मध्ये वक्तित्वकलामा प्रथम स्थानमा विजेता प्रप्त गर्ने नरग्राम नमुना विद्यालयका विद्यार्थी निसु कार्की, द्वितिय स्थानमा कर्माविर मा.वि का विद्यार्थी दिपक धमला, तृतिय स्थानमा जाप्रिय मा.वि का विद्यार्थी निजर्ला राजवँसी र सान्तनामा कर्माविर मा.वि का विधार्थी अनु सरदार, सरस्वति मा.वि का विद्यार्थी प्रतिमा चौधरी रहेका छन् । सम्पुर्ण विजेताप्राप्त गर्ने विद्यालयका विधार्थीहरुलाई नगद, सिल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै गरी बुढीगंगा गाउपालीकामा रहेका क्लवहरु मध्ये उत्कृष्टक्लवहरुलाई समेत सम्मान गरीएको थियो ।
कार्यक्रममा स्वागत भाषण कार्यक्रम सम्योजक प्रदिपकुमार विश्वासले गरेका थिए । कार्यक्रमको संचालनबाल संरक्षण समितीका सचिव शिवकुमार कार्कीले गरेका थिए । कार्यक्रममा नारायणमा.वि का प्र. भरतलाल चौधरीको नेतृत्वमा बालबालिकाहरुको दुव्र्यसन र चेतना सम्बन्धिनाटक प्रदर्शन भएको थियो । नारायण मा.वि का विधार्थी भाईबहिनीहरुले थारु नृत्य तथा नृत्यहरु प्रदर्शन गरेर कार्यक्रमलाई भव्य रमाइलो बनाएका थिए ।
कार्यकममाबोल्दै प्रमुखअथिती बालचन्द्र माझीले भने पहिलादिने रकम भन्दाअहिले छुटिने रकम फरक भएतापनी रकम विनियोजनलाई बाल संरक्षणको हितमा ध्यान दिएर रकम विनियोजन गर्ने बताएका थिए । कार्यक्रममा विशिष्ट अथिती र अथितीहरुले समेत बाल संरक्षणकाबारेमा बोलेका थिए । कार्यक्रममा प्रमुखअथिती, विशिष्ट अथिती र अथितीहरुलाई मायाको चिनो समेत दिइएको थियो ।

14Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *