सलकपुर सामुदायिक वन उपभोक्ता समुहको राहत वितरण कार्यक्रम सम्पन्न

टिकाराम विक

गछिया/ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा शनिबार गरिब तथा विपन्न वर्ग, अपाङ, असाहयहरुलाई रहात वितरण गरी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यmक्रम सा.व.उ समुहका अध्यक्ष जनक खत्रीको सभा अध्यक्षमा भएको थियो, कार्यक्रमका प्रमुख अतिथी सा.व उ का पुर्व अध्यक्ष उदय चन्द्र अधिकारीको प्रमुख आतिथ्य भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी सुन्दरहरैचा नगर महासंघका अध्यक्ष नारायण प्रसाद अधिकारी रहेका थिए । भने अतिथीहरु जनचेतना सा.व.उ समुहका अध्यक्ष, पुष्प भुजेल, सलकपुर खानेपानी संस्थाका अध्यक्ष गजेन्द्र भट्टराई लगायत अन्य रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य द्धारा सम्पुर्ण जनमानसहरुलाई स्वागत सम्बोधन सा.व. उ समुहको वरिष्ठ उपाध्यक्ष सुभाष चन्द्र काफ्लेले गरेका थिए । कार्यक्रमको संचलान सा.ब.व.उ समुहकी प्रमुख सचिव कुमारी न्यौपानेले गरेकी थिईन । कार्यक्रममा गरीब तथा निम्न वर्ग, विपन्न वर्ग, अपाङ असाहयहरुलाई रहात स्वरुप खटियाहरु वितरण गरिएको थियो । सा.व.उ समुहका अध्यक्ष जनक खत्रीले विगत वर्ष ५० थान खटिया यस वर्षको कार्य क्रममा ५० थान खटिया गरी जम्मा १०० थान खटिया वितरण गरेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथी पुर्व अध्यक्ष उदय चन्द्र अधिकारीले गरिब तथा निम्न वर्गहरुलाई राहत वितरण गर्नु एकदमै राम्रो काम भएको र वन जंगललाई निरन्तर संरक्षण र विकास गर्नु हामी सबैको दायित्व रहेको भन्दै बोलेका थिए । कार्यक्रममा विशिष्ट अतिथीहरुले समेत बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुलाई मायाको चिनो समेत दिईएको थियो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *