कविता : लक्ष्मण कट्वाल

वीरपूर्खाको रक्त पसिनाले देश बनेको छ
देशको माटो र पानीले शरीर बनेको छ।

रातदिन माटोसँगै खेलेर अन्न उब्जाउँछ किसान
अाफू बाँची अरुकोसहारा बनेको छ।

कुमालेको सिर्जनाले सबको मन तानेेको छ
माटो सबको जीवन धान्ने अाधार बनेको छ।

देशको माटो माया गर्ने देशभक्ति हुन्छ
अामाको अशिर्वादले योे माटो अडेको छ।

माटो र जन्मसँग ममता छ हेर
माटोका लागि दुँनिया मरेको छ।

लक्ष्मण कटुवाल
बराहक्षेत्र ५

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *