वराहक्षेत्रमा शिबिर मार्फत ब्यबसाय दर्ता

 

अच्युत भट्टराई ,
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले घुम्ती सिविर मार्फत ब्यबसाय दर्ता अभियान शुरु गरेको छ । बुधबार कालाबन्जरको पासाङ चौकमा सिबिर संचालन गर्दै ब्यबसाय दर्ता तथा नविकरण गराइएको छ । यस भन्दा पहिले भदौ ६ गते चक्रघट्टी बजारमा सिबिर संचालन गरि ब्यबसाय दर्ता गराएको थियो । वराहक्षेत्र नगरपालिकामा धेरै ब्यबसाय आफ्नै ढंगले दर्ता नगरी संचालन भएका हुँदा ब्यबसायी लाई करको दायरामा ल्याउन सिबिर संचालन गर्नु परेको वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए । साथै बिक्रि गर्ने बस्तुहरु पनि गुणस्तरहिन र म्याद नाघेका वस्तुहरु बिक्री भैरहेको आशंका हुँदा बजार अनुगम गरि उपभोक्ताको स्वच्छ बस्तु खान पाउनु पर्ने अधिकार लाई सुनिश्चित गर्दै जनताको स्वास्थ्यमा खेलवाड हुन नदिने उदेश्यले बजार अनुगमन गरिएको नगर प्रमुख खनाल बताउँछन् । ब्यबसाय दर्ता नविकरणको टोलि गाउँ – गाउँमा पुर्याउने र साथै सबै ठाउँमा अनुगमनका काम पनि गरिने छ । यस काम बाट नगरपालिकाले बार्षिक ६० लाख सम्म कर उठाउन सक्ने अनुमान गरिएको छ नगर प्रमुख खनालले बताए । नगरपालिकाले भदौ १० ,११ र १२ गते नगरका मुख्य बजारहरु चक्रघट्टी बाङ्गे , चतरा र कालाबन्जर जस्ता बजार अनुगमन गरेको थियो । जसमा धेरै ब्यबसाय बिना दर्ता संचालन गरेको , पेय पदार्थ , भेटेनरी लगायतका बस्तुहरुमा उपभोग्य मिति नाघिसकेको भेटिएका थिए । हरेक ब्यापारीले व्यवसाय दर्ता तथा नवीकरण नगरि स्थायी लेखा नम्बर पनि प्राप्त नहुने र बैकिङ काराेवार गर्न र थाेक विक्रेताबाट सामान खरिद गर्न पनि अनिवार्य ब्यवसाय दर्ता हुनुपर्ने भएको साथै स्थानीय अार्थिक ऐन वमाेजिम दर्ता नगरि पसल ब्यवसाय संचालन गरेमा प्रचलित कानुन बमाेजिम दण्ड जरिवाना समेत हुने भएकोले सबैले आ-आफ्नो ब्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नु पर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनु कुमार लिम्बुले बताए । ( समृद्ध वराहक्षेत्र साप्ताहिक बाट )

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *