एकल महिलालाई सिलाइ मेसिन

अच्युत भट्टराई ,
बराहक्षेत्र ।
सेभ द अर्थ सुनसरीले बराहक्षेत्र ४ दुबियाही टोल निवासी एकल बिपन्न महिला पार्वती चौधरी लाई एक थान लुगा सिलाइ गर्ने मेसिन हस्तान्तरण गरेको छ । मेसिन हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष पुष्प भट्टराईले एकल रुपमा संघर्षपुर्ण जीवन यापन गर्दै आएकी पार्वतीलाई मेसिनले रोजगारी दिलाउने कुरा ब्यक्त गरे । अध्यक्ष भट्टराईले बराहक्षेत्र ४ निवासी सहयोगी महिला स्वयंसेविका गिता कट्टेलले पार्वतीको बारेमा यथार्थ कुरा बताए पछि उनलाई यो मेसिन दिने निर्णय गरेको बताए । पार्वतीले निकै समय अगाडीनै सिलाइ कटाइको सीप सिकेकी थिइन तर आर्थिक अभावले उनले मेसिन भने किन्न सकेकी थिइनन । केही बर्ष अगाडी श्रीमान संग सम्बन्ध बिग्रेर अलग भए पछि निकै दु:खद पुर्ण जीवन झेल्दै आएकी हुन उनले । अहिले केही सहज भएको छ २ छोरा आफै गरिखाने भएका छन् भने सानी छोरी पनि ८ बर्षकी भैसकेकी छन् । निकै समय ज्याला मज्दुरी गरेर खाइयो अब मेसिन पाएको छु व्यापार ब्यबसाय , सिलाइ कटाइको काम गरेर रोजगार बन्छु पार्वतीले बताइन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *