अनेरास्ववियूको प्राक सचिवदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटि सचिवसम्म काँशीनाथ दंगाल

इटहरी । गत साउन १ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिको सपथ ग्रहण सम्पन्न भयो । सो सपथ ग्रहण कार्यक्रममा इटहरी उपमहानगर कमिटिको अध्यक्षमा बहादुर सिंह तामाङ्ग (ज्वाला) र सचिवमा कांशीनाथ दंगालले सपथ लिए । अध्यक्ष, सचिवसहित सिंगो उपमहानगर कमिटिलाई पार्टी स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यले सपथ गराएका हुन् ।
सपथपछि उपमहागर कमिटिले आफ्नो गतिविधि अघि बढाइरहेको छ । वडा कमिटिको निर्माण र सपथजस्ता सांगठानिक गतिविधि अघि बढिरहेका छन् । यसरी सांगठनानिक गतिविधि अघि बढिरहदा सो पार्टी (उपमहानगर कमिटि) का अगाडि केही चुनौतीहरु देखा परेका छन् ।
यस्ता चुनौतीलाई नगर नेतृत्वले कसरी सामना गर्न सक्छ त ? खासगरी उपमहानगर समिति निर्माण गर्दा केही वरिष्ठ नेताहरुलाई कमिटिमा नराख्दा यस्ता चुनौती देखा परेको इटहरीका राजनीतिक विश्लेषकहरु बताउछन् ।
खासगरी यहाँ पूर्व माओवादी केन्द्रका नगर इन्चार्ज बहादुर सिंह तामाङ्ग (ज्वाला) अध्यक्ष रहेका छन् भने पूर्व एमालेबाट काँशीनाथ दंगाल सचिव रहेका छन् । सचिवको जिम्मेवारी पाउने काँशीनाथ दंगालले अनपेक्षित जिम्मेवारी पाएको आरोप लगाउनेहरु पनि छन् । त्यस्ता आरोप लगाउनेहरुलाई यसरी जवाफ दिन्छन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटि सचिव

 काँशीनाथ दंगाल ।
काँशीनाथ दंगालले २०४६ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । उनी त्यतिबेला खोटाङ्गमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको सचिव थिए । दंगाल त्यसपछि सोही कमिटिको अध्यक्ष भए । त्यसपछि उनी अनेरास्ववियूको जिल्ला नेता भएर जिम्मेवारी निर्वाह गरे । उनी त्यसपछि सुकुना बहुमुखी क्याम्पसको स्ववियू सदस्य भए ।
विद्यार्थी फाँटमा पाएको जिम्मेवारीलाई कुशतापूर्वक पूरा गरेपछि उनलाई तत्कालीन एमाले खोटाङ्ग जिल्ला समितिले पार्टीको गाउँ कमिटि सचिवको जिम्मेवारी दियो । त्यसपछि उनले इलाका कमिटि सचिवको जिम्मेवारी पाए । खोटाङ्गमा रहेर क्षेत्रीय कमिटिमा काम गरिसकेका दंगाल २०६९ सालमा इटहरीमा आएर बसोबास गर्न थाले । राजनीतिमा सक्रिय भएर विद्यार्थीदेखि गाउँ पार्टी कमिटि, इलाका पार्टी कमिटि, क्षेत्रीय कमिटिसम्म रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले इटहरीमा पार्टीले वडा सदस्यको जिम्मेवारी दिएपनि सहजतापूर्वक भूमिका निर्वाह गरिरहे । उनी सहिद परिवारको पृष्ठभूमिबाट उदाएका नेता पनि हुन् । २०५८ सालमा द्वन्द्वको समयमा उनका बुबा लिलानाथ दंगाल सहिद भएका थिए । लिलानाथ तत्कालीन एमालेको तर्फबाट गाउँ विकास समिति उपाध्यक्षको उमेदवार भएका थिए ।
२०७४ सालमा भएको स्थानीय निर्वाचन ताका तत्कालीन एमालेको इटहरी उपमहानगर कमिटिमा उनी मनोनित भए मनोनित । तत्कालीन नगर कमिटि अध्यक्ष रेवतीप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उनलाई नगरको सचिवालय सदस्य र कार्यालयको उपसचिवको जिम्मेवारी दियो ।
स्थानीय, प्रदेश, संघिय निर्वाचनमा उनले पार्टीमा महत्वपूर्ण भूमिका र निर्वाह पार्टीका सिनियर नेताहरु बताउछन् ।
कांशीनाथ दंगाल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । इटहरीकै जनता नमूना माविको उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् ।
उनले खोटाङ्गमा रहदा आर्थिक तथा सामाजिक विकासका लागि सामाजिक अभियन्ताकै रुपमा लामो समय काम गरेका थिए । खोटाङ्गका केही गाविसहरुलाई चर्को व्याजमुक्त घोषणा गराउन उनले अभियान नै संचालन गरेका थिए ।
काँशीनाथ दंगाललाई खोटाङ्गमा हुदा निमावि राहत दरबन्दीमा नियुक्तको दिइएको थियो । तर, त्यसको विधि प्रक्रिया नमिलेको भन्दै आफ्नो जागिर जिल्ला शिक्षा कार्यालयमा गई आफैंले निवेदन दिएर छाडेको दंगाल बताउछन् ।
भदौ १२ गते बुधबार सो पार्टीको नगर पार्टी कार्यालयमा ताला लाग्यो । त्यसअघि त्यहाँ नगरको सचिवालय बैठक बस्ने तयारी भएको थियो । केही असन्तुष्ट पक्षले त्यहाँ ताला लगाएको थियो । ताला लगाउने पक्षसंग छलफल गरी उनीहरुको गुनासो सुनेर यस्तो समस्याको विधि र प्रक्रियामा हल गर्ने उनको भनाइ छ । उनी भन्छन्–‘नगरले पूरा गर्न सक्ने सम्म हामी मिलाउछौं ।’

388Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *