राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको प्रथम साधरणसभा सम्पन्न

गछिया/मोरङको सुन्दरहरैंचानगरपालिका सलकपुरमा रहेको संगित साधनाभवनको हलमा शुक्रवार राष्ट्रियलोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको प्रथम साधरणसभा सम्मन्न भएको छ ।
कर्यक्रम तदर्थ समितिको संयोजक रमेश आचार्यको सभाअध्यक्षमा भएको थियो । कार्यक्रमको प्रमुखअतिथि राष्ट्रियलोक तथा दोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव सुवास के.सी. रहेका थिएभने विशिष्ट अतिथि ओखलढंगा जिल्ला निवर्तमान अध्यक्ष विष्णुप्रसाद घिमिरे लगायत अन्य अतिथिहरु रहेका थिए ।
कार्यक्रममा प्रथम साधरण सभाले नयाँकार्य समिति राष्ट्रियलोक तथा दोहोरी गित प्रतिष्ठान मोरङ गठन गरेको छ । समिति संयोजक रमेश आचार्यको अध्यक्षता रहने गरी २१ जना समिति राष्ट्रियलोक तथा दोहोरी गित प्रतिष्ठान मोरङको गठन गरिएको छ । जसअनुसार उपाध्यक्ष पुण्यप्रसाद संग्रौला, उपाध्यक्ष यमुना पराजुली, उपाध्यक्ष मेखराज कार्की, सचिव गोकुल न्यौपाने, सह–सचिव बालकृष्ण सिग्देल, कोषाध्यक्ष लोकमाया लिम्बु, सह–कोषाध्यक्ष मदन गुरुङ, सदस्यहरु डम्बर कर्म, टिकाराम बि.क.,सृष्टी हिङमाङ, गोविन्द बस्नेत, यसोदा श्रेष्ठ, एस्तर सुन चेउरी, एल्लु लिम्बु, एसोदा लिम्बु, भिम रसाईली, टेकराज मगर, सरोज आचार्य, सन्जिब धिमाल रहेका छन् ।
कार्यक्रममा लोकदोहोरीको परिचय दिदै र लोदोहोरी सम्वन्ध प्रस्ट्याउदै प्रमुख अतिथि महासचिव सुवास के. सी. ले नवगठित समितिहरुलाई शुभकामना मन्तव्य दिएर बोलेका थिए । कार्यक्रममा विशिष्ट अतिथि लगायत अतिथिहरुले समेत नया समितिलाई शुभकमना मन्तव्य दिएर बोलेका थिए । कार्यक्रमको संचालन गोकुल न्यौपानेले गरेका थिए । (टिकारम बि. क.बाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *