अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गछिया/ मोरङको सुन्दरहरैंचा न.पा. ७ गोठगाउमा रहेको ज्योति विकास ईग्लिस स्कुलले सोमबार अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम विद्यालयका सस्थापक ललित तामाङको सभाध्यक्षमा भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि ७ नं वडाका वडा सदस्य भुवनसिंह आले मगर रहेका थिए ।कार्यक्रमका बिशिष्ट अतिथि पंचायत मा. वि. गोठगाउँका शिक्षक अम्बिका सापकोटा रहेका थिए ।अतिथिहरु समाजसेवी हरि आचार्य, विनिता सिटौला लगायत अन्य रहेका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरु, विद्यार्थीहरु, अभिभावक, शिक्षक,शिक्षिकाहरुलाई स्वागत भाषणद्धारा स्वागत सम्बोधन शिक्षक अम्बर खड्काले गरेका थिए । कार्यक्रमको संचालन शिक्षक सागर संगम राईले गरेका थिए ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुलाई हिसाव दौड, बेलुन ब्लास्ट, चकलेट रेस, म्युजिकल चियर, हन्डिफोर जस्ता खेलहरु खेलाएर कार्यक्रमलाई रमाईलो बनाईएको थियो ।कार्यक्रममा पहिला,दोस्रा तथा तेस्रा हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।२०७५ सालको परिक्षामा कक्षागत पहिलो, दोस्रो र तेस्रो उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विद्यालयमा सबैभन्दा बढि उपस्थित हुने विद्यार्थी, अनुशाषित विद्यार्थी, सरसफाईमा बढि ध्यान दिने विद्यार्थी र विद्यालयमा सबैभन्दा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विद्यालयका अशक्त विद्यार्थीहरुलाई निःशुल्क पढाईका साथै प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भुवनसिंह आले मगर, प्रिन्सिपल खेसराज कटुवाल लगायत अन्य अतिथिहरुले कार्यक्रममा बोलेका थिए ।(टिकाराम विकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *