वराहक्षेत्र जाने बाटोमा ४० बर्ष यताकै ठूलो पहिरो

प्रदीप जस्मैत , वराहक्षेत्र ।
बर्षाका कारण प्रसिद्ध धार्मिक तिर्थ स्थल वराहक्षेत्र जाने बाटोमा पहिरो जादा आवतजावत मा समस्या भएको छ ।
बाटो अवरुद्ध भएपछि वराहक्षेत्र बासिको जीवन निकै कष्टकर बन्दै गएको छ , दैनिक उपभोग्य सामान खरिद गरेर ल्याउन पनि निकै समस्या भइरहेको सहायक पुजारी बिष्णु प्रसाद नेपालले बताए । पुजारी नेपाल भन्छन् याे वर्ष ४० वर्ष यताकाे ठुलाे पहिराे गएको हो , यसपालि भक्तालुहरु पनि कम आइरहेका छन् । बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा अवस्थित यस बिष्णु बराह भगवानकाे मन्दिर क्षेत्रलाई नगरपालिका र वडाले विकास मर्मतमा ध्यान नपुर्याउदा अहिले हामीले जोखिममा जीवन बिताउनु परेको छ । याे साल चतरा देखि बराहक्षेत्र सम्मकाे काेलाेपत्रे हुने काम भयाे । तर रोड ब्यबस्थित नहुदा बगरमा परिणत हुने काम भइरहेको छ । मन्दिरका पुजारी किरण भण्डारी भन्छन नगर र वडाले यहाँकाे लागि काम गरेन म भन्दिन पहिलेकाे भन्दा केही सुविधा विकासका काम गरे तर अरु ठाउँमा जति धार्मिक पर्यटिकिय मन्दिरहरुमा विकासका काम भए त्यति काम हुन सकेको छैन । यात्रुहरुलाइ ल्याउन याे बर्षामा निकै गाह्रो भाकाे छ । यहाँको बजार अव्यवस्थित हुँदा बसोबास गर्ने राम्रो ठाउँ नहुदा , फोहोर ढलको ब्यबस्थापन नहुदा बाहिर बाट आउने पर्यटकका सामु पनि नराम्रो अवस्था छ । नगरपालिकाले ठुला योजनामा खासै चासो देखाएको छैन
पुजारी भण्डारीले बताए ।
नगरप्रमुख निलम खनाल भन्छन् जब मैले पहिराे गएकाे थाहा पाए अनि सबै सडक विभागमा फाेन लाउन थाले सवैतिर स्काई भेटर काममा लागेकाे कति ठाउँमा फाेन नउठ्दा मलाई नि तनाव भयाे । विराटनगरकाे सिडियाे साहेबलाई फाेन गरेर एउटा स्काई भेटर भाडामा लिएर सडक विभागका काम गर्ने व्यक्तिलाई बाटो खाेल्ने र मान्छे हिड्ने लायककाे बाटाे बनाउने काममा लगाएकाे छु ।
यहाँ बाट ठुलाे कार्य र याेजनाकाे काम गर्न हाम्राे नीति नरहेकाले अप्ठ्यारो परेकाे हाे । बराहक्षेत्र मन्दिरलाई माथिल्लो निकाय संघिय सरकारले हेर्छ । मैले सक्ने बजेटका कामहरु माथिल्लो निकायमा पेश गरेकाे छु काम हुन्छ नगर प्रमुख खनालले बताए ।
नगर सरकारले सहयाेग गरेन तलव भता दिएन भनेर गुनासाे गरेर मात्र हुन्छ ? हामीले त्यहाकाे अार्थिक अवस्था बुझ्नखाेज्दा त्यहाकाे समितिले र पुजारीहरुले यहाँकाे अार्थिक मामिलामा कसैकाे अधिकार नरहेकाे भन्छन । त्यहा करोडौं रकम सहयोग उठ्छ । त्यहाकाे रकमले पनि मन्दिर विकासमा ठुलाे सहयाेग पुग्छ तर अहिले सम्म हर हिसाव सार्वजनिक छैन नगर प्रमुख खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *