२५ औैं विश्व आदिवासी जनजाती दिवस तथा रक्तदान कार्यक्रम सम्पन्न

टिकाराम विकबाट

गछिया/मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ मा रहेको गछिया खेल मैदानमा नेपाल आदिवासी जनजाती महासंघ, सुन्दरहरैंचा नगर समन्वय परिषद् को आयोजनामा बिहिवार २५औं विश्व आदिवासी जनजाती दिवस तथा रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ सुन्दरहरैंचा नगर परिषद्को अध्यक्ष सुमन याक्खाको सभाध्यक्षता भएको थियो । कार्यक्रममा प्रदेश १ का सभाषद् चुमनारायण तप्दारको प्रमुख आतिथ्यमा भएको थियो । विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ मोरङ जिल्ला समन्वय परिषद्का अध्यक्ष दिल बहादुर थेवे रहेका थिए भने अतिथिहरु किरात राई यायोख्खा केन्द्रिय खेमराज राई, तमु ह्यूल छोंज धि, गुरुङ राष्ट्रिय परिषद्,केन्द्रिय सदस्य केशरमान गुरुङ, किरात याख्खा छुम्मा मोरङ जिल्ला अध्यक्ष पुरन कुमार राई लगायत अन्य रहेका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण जनमानसलाई स्वागत भाषणद्धारा स्वागत सम्वोधन नगर परिषद्का उपाध्यक्ष रामकुमार तामाङले गरेका थिए ।कार्यक्रमको संचालन नगर परिषदका् सचिवद्धय सन्तोष आङवुहाङ र भगिन्द्र याम्फुले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सभाषद् तप्दारले बोल्दै भने“हाम्रो देश विभिन्न जातीको बसोबास रहेको देशमा आफनो जातिय, मौलिक, सास्कृतिक र पहिचानलाई निरन्तरता दिनु एकदमै राम्रो कुरा भएको बताएका थिए ।”
कार्यक्रममा विशिष्ट अतिथिहरुले समेत आदिवासी जनजातीहरुको हक, हित र अधिकार संरक्षणलाई विशेष जोड दिएर बोलेका थिए ।
कार्यक्रममा बिभिन्न जनजातीहरुको आ- आफ्नो जातीय झाँकी, नाच प्रर्दशन गरेर कार्यक्रमलाई भव्य रमाईलो बनाईएको थियो । कार्यक्रममा बिभिन्न झाँकी, नाचका प्रतिनिधी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई प्रशंषापत्र समेत दिईएको थियो भने रक्तदान कार्यक्र पनि बिहान ७ बजे भएको थियो । रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रमको सभापति नगर परिषद् कि उपाध्यक्ष अकली चौधरी रहेकी थिइन भने प्रमुख अतिथि किरात याख्खा छुम्मा मोरङ जिल्ला परिषद्का पुरन कुमार राई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *