उद्देश्य भाग दुई बुधबार बाट प्रदर्शनमा

अच्युत भट्टराई ,
कालाबन्जर।
सुनसरीको बराहक्षेत्रमा निर्माण भएको छोटो चलचित्र उद्देश्य भाग २ बुधबार बाट प्रदर्शनमा आउने भएको छ । सामाजिक कथा बस्तुमा आधारित उद्देश्यले अहिले समाजमा भइरहेकै यथार्थ लाई चित्रण गरेको छ । चलचित्रका कथा , निर्देशक होम पि भट्टराई भन्छन् अहिले मानिस उद्देश्य बिपरित हिड्छ्न । एउटा उद्देश्य लिएर हिडेको मान्छे त्यहाँ पुग्नु अगावै बाटो मोडिदिन्छ । आफ्नो उद्देश्यमा पुग्न दृण संकल्प राख्नु पर्छ चलचित्रमा यिनै कुराहरु प्रस्तुत गरिएको छ । खड्ग लिम्बू यसका निर्माता रहेका छन् भने छायांकन समेत उनैले गरेका छन् । स्थानीय उर्जाशिल कलाकारहरुलाई नै अवसर प्रदान गर्दै चलचित्र निर्माण गरिएको निर्माता लिम्बु बताउँछन् । जसमा शिव भट्टराई , भावना भट्टराई , लक्ष्मी परियार , मनोज बिष्ट ,आयुष दहाल , आदेश गौतम , सुजन नेपाली , राजन घिमिरे , लक्ष्मण थापा , बिक्रम थापा , अच्युत भट्टराई , प्रदिप जस्मैत लगायतको अभिनय रहेको छ । बराहक्षेत्र नगरपालिकाकै विभिन्न स्थानमा सुटिङ गरिएको चलचित्र यु ट्युब च्यानल बराहभिडियो ग्राफी मार्फत प्रदर्शनमा आएको निर्माता लिम्बुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *