ह्यापी फेमिलीको सातौं वार्षिक साधारण सभा सम्पन्न

टिकाराम विक

ब्ुढिगंगा/ मोरङको बुढिगंगा ६ लायन्स भिलेज,कोयलपुरमा रहेको ह्यापी फेमिली बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार एलोहिम चर्च भवनको सभाहलमा सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष बिष्णु बहादुर मगरको सभाध्यक्षतामा भएको थियो ।कार्यक्रमको प्रमुख अतिथी वडा नं. ६ का वडा सदस्य हर्कचन्द चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।कार्यक्रमका विशिष्ट अतिथि नन्दप्रसाद( नगेन्द्र) अधिकारी रहेका थिए भने अतिथिहरु दिनेश पराजुली,सुचीया उराव लगायत अन्य रहेका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण सभाहलका जनमानसलाई कृष्ण माझीले स्वागत भाषण द्धारा स्वागत सम्बोधन गरेका थिए ।कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव बलिराम चौधरीले गरेका थिए ।कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष बिष्णु बहादुर मगरले प्रस्तुत गरेका थिए ।आर्थिक प्रतिवेदन २९ लाख ९७ हजार ९ सय ३० रुपैंयाको आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष द्रौपति माझीले गरेकी थिईन भने लेखा प्रतिवेदन,लेखा संयोजक टिकाराम सरदार ले गरेका थिए ।सातौं वार्षिक साधारण सभा ले पुरानो समितीलाई विघटन नयाँ समिती गठन गरेको छ । जस अनुसार टिकाराम सरदारको अध्यक्षतामा ५ मेजरसहित ९ जनाको समिती चयन गरिएको छ ।उपाध्यक्ष पदमा कृष्ण माझी, सचिव पदमा बलिराम चौधरी , कोषाध्यक्षमा शकुन्तला कुमारी चौधरी, सदस्यहरु आशा देवी शाह, पुजादेवी चौधरी, टिकाराम विक, चन्दन कुमार सरदार, द्रौपति कुमारी चौधरी, रहेका छन । ऋण लगानी तथा असुली समितीमाः— संयोजक दिलिप शर्मा, सदस्यहरु शान्ती तप्दार, किरण कुमार चौधरी रहेका छन् ।लेखा समितिमा दिनेश पराजुली, सदस्यहरु लालचन ऋषिदेव, सुधारवति चौधरी रहेका । सल्लाहकारमा—नन्दप्रसाद(नगेन्द्र) अधिकारी, बिष्णु बहादुर मगर, सुचिया उराव रहेका छन ।
प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले पुरानो समितिलाई धन्यवाद र नयाँ समितिलाई शुभकामना दिएर मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *