बराहक्षेत्रबाट नयाँ पत्रीका प्रकाशन शुरु

बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिकाबाट समृद्ध बराहक्षेत्र साप्ताहिक पत्रीका प्रकाशन शुरु भएको छ ।
यहि साउन १० गते शुक्रवार बाट प्रकाशन शुरु भएको पत्रीकाको संचालक टिममा सम्पादकमा पुष्पा धामी , सल्लाहकार सम्पादकमा नवराज बिष्ट ,भोजराज श्रेष्ठ प्रकाशक /कार्यकारी सम्पादकमा अच्युत भट्टराई , ब्यबस्थापक / सम्बाददातामा प्रदिप चौधरी , बजार ब्यबस्थापक / सम्बाददातामा निर्मला राई अधिकारी रहेका छन् । कार्यकारी सम्पादक भट्टराईले समृद्ध बराहक्षेत्र साप्ताहिक नगर भित्रका स्थानीय समाचारहरुलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्ने उदेश्यले पत्रीका प्रकाशनमा ल्याएको बताए । बराहक्षेत्र निकै ठूलो नगरपालिका हो यहाँ शिक्षा , स्वास्थ्य , कृषि , पर्यटन , धार्मिक विभिन्न क्षेत्रका निकै महत्वपूर्ण समाचारहरु बाहिर आएका छैनन् हामी यस्ता किसिमका खोजमुलक समाचार लिएर पाठक सामु जानेछौ भट्टराईले बताए । त्यसैगरी ब्यबस्थापक प्रदिप चौधरी भन्छन् हामी राम्रो क्वालिटिको पत्रीका प्रकाशन गर्छौ , फरक किसिमका पाठक लाई पढौ पढौ लाग्ने समाचार दिन्छौ । जसले गर्दा हाम्रो पत्रीका लोकप्रिय हुन्छ । यहाँका ब्यापारी ब्यबसायी हरुले बिज्ञापन गर्न बाहिरका मिडिया खोज्दै जानू पर्दैन । यस्तै बजार ब्यबस्थापक निर्मला राई अधिकारी भन्छिन , यहाँ स्थानीय पत्रीकाको माग भएको हुँदा हामीले बाहिरको पत्रीका छोडेर हाम्रै आफ्नो ठाउँको पहिचान समेत झल्किने खाल्को नामकरण गर्दै पत्रीका संचालनमा ल्याएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *