डङ्ग्राहाका बाढी पिडितलाई राहत बितरण

अच्युत भट्टराई ,
इटहरी ।
मोरङको बुढिगङ्गा गाउँपालिका अन्तर्गत डङ्ग्राहाको आदिबादी टोलका बाढी पीडितहरुलाइ राहत बितरण भएको छ । नेकपा प्रदेश सदस्य क. जीवन आचार्यको समन्वयमा नेकपाको एकीकृत युवा संगठन १ नम्बर प्रदेश समितिको तर्फबाट स्थानिय पार्टी र युवा तथा सुरक्षाकर्मी सहितको उपस्थितिमा राहत बितरण गरिएको हो । खदम खोलाको बाढीले बिस्थापित ३० घरपरिवार लाई खाध्यान्न सामग्रीहरु प्रतिघर (१० केजि चामल; दाल; नुन; तेल; प्याज; चाउचाउ; खोर्सानी आदि) राहत बितरण गरिएको नेकपाका युवा संगठनका नेता सचिन नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *