बाबुराम राई (विवश) द्वारा विप्लव नेकपाको कुनै पनि जिम्मेवारीमा नरहेको प्रष्टीकरण

इटहरी । संखुवासभाका बाबुराम राई (विवश) ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको आफू कुनै पनि तहको जिम्मेवारीमा नरहेको घोषणा गरेका छन् । उनले असार २८ गते शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आफू त्यो पार्टीको योङ रेड फोर्सको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नहरेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्–‘मैले एक बर्ष अघि नै सो पदबाट राजीनामा दिइसकेको छु ।’
साथै उनले सोही पार्टीको कुनै पनि जिल्लाको जिल्ला इन्चार्जसमेत नरहेको पनि जनाएका छन् । उनले आफ्नो स्वास्थ्य प्रतिकूल रहेको भन्दै अब स्वतन्त्रतापूर्वक जिवन यापन गर्नुका साथै स्वास्थ्य उपचारमा लाग्ने जनाएका छन् ।
यस्तो छ उनले जारी गरेको विज्ञप्ति– कुनै पनि वास्तविकताको धरातलमा उभिनु, आफ्नो अवस्थाको पहिचान गर्नु र त्यसको आधारमा नै जिवनको अर्थ खोज्नुले खास महत्व राख्छ । ज्ञान प्राप्तिको पहिलो खुट्कीला बाहिरी संसारसितको सम्बन्ध हुने कुरामा कुनै दुईमत हुदैन यद्यपी आफ्नो अवस्था अनुसारको व्यवस्था गर्नु नै अन्तिम सत्य हो । यो वस्तुगत तथ्यलाई हृदयंगम् गर्दा आजको दुनीयामा स्वतन्त्रताले सिर्जनाको ढोका खोलेको देख्न सकिन्छ । अरुको जिवन बाँचेर नभै आफ्नो जिवन बाँचेर रम्ने कुराले खास अर्थ राख्दछ । निश्चय नै समुन्नत समाज निर्माणका निम्ति म आफूबाट खेलिएको भूमिका र गरिएको योगदानमा कसैको दुईमत छैन, अझ दश बर्षे ‘जनयुद्ध’ शसस्त्र संघर्ष का क्रममा घंभिर घाइते भएको घटना झनै स्मरणयोग्य छ ।
कुनै व्यक्तिको शारीरिक अवस्था कस्तो छ भन्ने कुराले उसको मानसिक अवस्थाको मापन गर्दछ, यो मेरो जिवन भोगाईको आगत हो । यो एउटा मानोवचित सच्याइ हो भन्ने मेरो ठम्याइ छ । सोही कारण विगत एक बर्षदेखि नै मेरो नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपामा कुनै खास भूमिका लिइरहेको अवस्था थिएन । संचारमाध्यम एवम् वर्तमान सरकारी नजरमा उल्लेख गरिए झैं (योङ रेड फोर्सको केन्द्रीय अध्यक्ष)बाट राजीनामा दिइसकेको र कुनै पनि जिल्लाको जिल्ला इन्चार्जको जिम्मेवारीमा नरहेको कुरा स्पष्ट गराउन चाहन्छु । आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण वर्तमान परिवेशमा कुनै पनि पार्टी कमिटिमा आवद्ध नभई पूर्णरुपमा उपचारका निम्ति स्वतन्त्र रहेको कुरा स्पष्ट गराउन चाहन्छु । बाबुराम राई (विवश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *