फोहोर मैला व्यवस्थापन तालिमको समापन

बुढीगंगा/मोरङको बुढीगंगा गा.पा.वडा नं. ६ कार्यालय भवनको सभाहलमा १९ गते देखि सुरु गरिएको वडा नं.६ को कार्यालय सहयोग र रौताहट टेक्निकल प्रा.लि.इटहरी सुनसरीको आयोजनामा ४ दिन सम्म गरिएको फोहोरमैला व्यवस्थापन तालिमको २२ गते आइतवार समापन भएको छ ।
समापन कार्यक्रमका सभाध्क्ष ६ नं.वडा अध्यक्ष दिलिप चौधरी रहेका थिए । प्रमुख अतिथी मोरङ जिल्ला समन्वय समिति सदस्य बबिता कुमारी चौधरीको प्रमुख आतिथ्य रहेको थियो । .अतिथिहरु पूर्व गा.वि.स. अध्यक्ष पढुराम विश्वास, हेल्थपोष्ट प्रतिनिधि शान्ती राई लगायत अन्य रहेका थिए ।
कार्यक्रममा महिला सहभागिको तर्फबाट बोल्दै गीता देवी तक्दमरले फोहोरमैला व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी भएर सन्तोष जनक तालिम नभएको भन्दै बोलेकी थिइन । भने अर्का पुरुष सहभागीबाट नगेन्द्र प्र. शर्माल पनि तालिमबाट पाउनु पर्ने कुरा रामै्र नपाएको बताएका थिए । त्यस्तै गरी पूर्व गा.वि.स. अध्यक्ष पढुराम विश्वासले पनि आफ्नो मन्तव्य रमखेका थिए भने प्रमुख अतिथि चौधरीले बोल्दै भनिन् तालिममा जेजती सिकाई भयो सबै लाभदायीक भएको बताएकी थिइन । कार्यक्रमको संचालन संयोजक प्रमोद अधिकारीले गरेका थिए । चोकचोकमा फोहोरमैला व्यवस्थापन गर्नका लागी डस्टबिन पनि बितरण भएको थियो ।
– टीका बि.क.

Leave a Reply

Your email address will not be published. Required fields are marked *