मुनबिमले कक्षा ११ संचालन गर्ने

प्रदीप “जस्मैत”चाैधरी
कालाबन्जर ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जरमा अवस्थित मुन बिम एकेडेमीले यस बर्ष बाट कक्षा ११ को पढाई सन्चालन गर्ने भएको छ । बराहक्षेत्र नगरपालिका भित्रका स्कुलहरुमा अध्ययन गरेका बिद्यार्थीले उच्च शिक्षा प्राप्त गर्न इटहरी,धरान , बिराटनगर लगायतका जानु पर्ने बाध्यता छ । जसलाइ तोड्ने प्रयासका साथ आफ्नै ठाउँमा शिक्षाको गुणस्तर बृद्धी गर्दै उच्च शिक्षा प्रदान गर्ने उदेश्यले यहि शैक्षिक शत्र देखि कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रीन्सिपल देवेन्द्र बिष्टले बताए ।

बराहक्षेत्र भित्र अंग्रेजी माध्यमको कक्षा १० भन्दा माथी अध्ययन गर्ने वातावरण नवनिरहेको अवस्थामा यहाँका विद्यार्थीहरु बिहान ४ वजे देखि गाडी कुरेर इटहरी, धरान पुग्नु दुखको कुरा हो । समय र खर्च दुबै अनावश्यक भैरहेको छ । बिष्ट भन्छन् अब हामी यो पीडा बाट अभिभावक र विद्यार्थी दुवैलाई मुक्त गर्न चाहान्छौ । शहरमै अध्यापन गराउने शिक्षकलाईनै आफ्नो विद्यालयमा ल्याएर भएपनी कक्षा सञ्चालन गर्ने सोच वनाएको समेत उनले बताए ।
हाल मुन विमले कक्षा ११ मा व्यवस्थापन संकाय मात्र सुरु गर्ने भएपनी भविश्यमा स्नातक सम्म विभिन्न संकायमा अध्यापन गराउने लक्ष्य भएको प्रीन्सिपल बिष्ट वताउँछन् ।

स्थापनाकालको छाेटाे समयमै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सर्वाेत्कृष्टता हासील गर्न सफल यस विद्यालयले भर्खरै सार्वजनिक भएको एस इ इ मा पनि राम्रो नतिजा ल्याएको छ । जसमा ७ जनाले A+ , १८ जनाले A र १६ जनाले B+ ल्याउदै शतप्रतिशत उतिर्ण भएको बिद्यालयका प्रीन्सिपल बिष्टले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *