उत्पादनमा वृद्धि गर्न कृषि वन प्रणाली आवश्यक–राज्यमन्त्री चौधरी

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि वन प्रणालीलाई जोड दिन आवश्यक रहेको बताइन् । दक्षीण एसियायी कृषि वन सम्मेलनलाई उत्घाटन गर्दै राज्य मन्त्री चौधरीले राष्ट्रिय कृषि वन नीतिले कृषि, पशुपालन र वनका क्रियाकलापहरुलाई भुमिको एउटै इकाईमा एकीकृत रुपले अभयास गर्न मदत पुग्ने बताइन् । नेपालको अर्थतन्त्रमा कृषि, पशुपालन र वन क्षेत्रले महत्वपूर्ण योगदान गर्दै आइरहेको सन्दर्भमा खाली तथा बाझो जमीन, वन्यजन्तु प्रभावित क्षेत्र तथा अन्य सिमान्तकृत भुमिको उपयोग गर्नुका साथै कृषि, पशुपालन र वन बिकासका कार्यहरुलाई एकीकृत रुपमा कृषि वन प्रणाली मार्फत सन्चालन गर्दा प्रति ईकाइ जमीनको उत्पादकत्वमा वृद्धि भइ खाद्य सुरक्षा, रोजगारी, जिवीकोपार्जनको अवसरहरु सिर्जना हुने मन्त्री चौधरीले बताइन् । जैविक विबिधता तथा भुमिको संरक्षण,जलवायु परिवर्तनको नकारात्मक प्रभावहरुको न्यूनीकरण र अनुकुलतामा सकारात्मक योगदान पुग्ने मन्त्री चौधरीले बताइन् । किसानलाई दाउरा, घाँस, स्याउला, गाउँ घारमा औषधीको रुपमा प्रयोग हुने जडिबुटी आदिको लागि वनमा आस्रित हुन्छन् । त्यसको लागि टाढाको वनमा जादाआउदा बढी समय लाग्ने र महिलाहरुलाई विशेष गरि धेरै नै बोझ हुने र आफनै जग्गामा उपयुक्तता हेरी रुख बिरुवा लगाउनेले वनमा जान नपर्ने भएपछि किसानलाई नै फाइदा हुने राज्यमन्त्री चौधरीले बताइन् । कार्यक्रममा कृषि र वन मन्त्रालयका सचीव, सहसचिव र कृषि र वन क्षेत्रका बिज्ञहरुको उपस्थित रहेको छ । कार्यक्रम असार १७ र १८ गरी दुई दिन सम्म चल्ने वन मन्त्रालयले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *