नडाहमा मेयर कपको चर्चा

अच्युत भट्टराई ।
बराहक्षेत्र ।
खेल जित्नका लागि अन्य क्लब बाट जान्ने खेलाडी मगाउने चलन देखिन्छ तर तपाईंहरुले त एउटै क्लब बाट २ टिम सहभागी गराउदै हुनुहुन्छ किन ? एभरेष्ट क्लबले गरेको पत्रकार सम्मेलनमा ब्लाष्ट टाइम्सका सन्तोष गुप्ताले वराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र दहाल माथी यसरी प्रश्न तेर्साएका थिए । पत्रकारले गरेको जिज्ञासामा अध्यक्ष दहालले यसरी जबाफ दिए ” हाम्रो बराहक्षेत्र ३ मा निकै नाम चलेका राष्ट्रिय स्तरका खेलाडी हरु पनि छन् । साथै राम्रो प्रतिभा भएका नव खेलाडीहरु पनि धेरै छन् , हामीले उनिहरुलाई यो खेलमा सहभागी हुने अवसर प्रदान गर्यौ भने अगाडि बढ्ने हौसला हुने छ त्यसैले २ वटा टिम बनाएका हौ । ” तर ती हौसलाका लागि अवसर प्रदान गरिएका खेलाडीहरुले सहभागीता मात्रै जनाएनन निकै नाम चलेका क्लबका खेलाडीहरुलाइ परास्त गर्दै मेयरकपको बिजेता बन्न सफल भए ।
आयोजक एभरेष्ट क्लब बराहक्षेत्र ३ बाट जुनियर टिमको रुपमा प्रतियोगितामा सहभागी भएका ति खेलाडी हरुको सफलता बाट सिङ्गो नडाहबासी नै हर्षित भएको थियो ।
खेल हो भन्नू हुदैन भन्ने सुनेको थिए हाम्रो भाइहरुले प्रमाणित गरिदिए मेयर कपका प्रचारप्रसार संयोजक प्रकाश दिप्साली राइले बताए । संयोजक दिप्साली भन्छन् नडाहका धेरै युवाहरु फुटबलमा रुचि राख्छन् जसले गर्दा खेल ब्यबस्थापन गर्न सजिलो हुन्छ । यो ठूलो वार्ड पनि हो , यहाँ सबै तिरको सेन्टर पर्छ त्यसैले दर्शक पनि निकै हुन्छन् तर नडाहमा भने जस्तो खेलमैदान छैन । केही प्याराफिट सहितको ब्यबस्थित खेल मैदान हुने हो भने यहाँका युवाहरुले खेलबाटै बराहक्षेत्रलाई देशमै चिनाउन सक्छन् भन्ने संयोजक दिप्सालीको भनाइ छ ।
यो बराहक्षेत्र नगरपालिकाको दोश्रो जनघनत्व भएको वार्ड हो । पछिल्लो गणनाअनुसार यस वार्डमा जम्मा १ हजार ६ सय ६५ घरधुरी रहेका छन् भने ७ हजार ३ सय ३६ जनसंख्या रहेको छ । तर अहिलेको अवस्थालाई हेर्ने हो भने यस वडाको जनसंख्या दोब्बर भएको हुन सक्ने अनुमान गरिएको छ ।
एक साता सम्म चलेको खेलमा रिपोर्टिङका लागि इटहरी धरान लगायत बराहक्षेत्रका स्थानीय पत्रकार हरूको दैनिक उपस्थिति रहेको थियो । खेलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुले क्लबले निकै राम्रो ब्यबस्थापन गरेकै कारण खेल सफल भएको बताए ।
खेलमा बराह फुटबल क्लब चतरा , ए पि एफ पुर्वाञ्चल , बेलबारी फुटबल क्लब मोरङ , शान्तिनगर फुटबल क्लब इटहरी ,एभरेष्ट क्लब बि , एभरेष्ट क्लब ए , पन्चायन फुटबल क्लब र गाइघाट फुटबल क्लबले भाग लिएका थिए । खेल संचालनका लागि बराहक्षेत्र नगरपालिकाले ३ लाख , वडा नम्बर ३ को कार्यालय बाट २ लाख , स्काइ इङलिस स्कुल नडाह बाट प्रत्येक दिनको म्यान अफ द म्याच र अन्य विभिन्न संघ संस्था देश बिदेशमा रहेका खेल प्रेमी महानुभावहरु बाट सहयोग प्राप्त भएको आयोजक क्लबका सचिब निशान लिम्बुले बताए । खेलको बिजेताले नगद रु १ लाख २५ हजार नगद , ट्रफि र मेडल साथै उपबिजेताले ७५ हजार नगद ट्रफि र मेडल प्राप्त गरेका थिए । साथै विभिन्न बिधामा खेलाडी हरुलाइ पुरस्कृत गरिएको थियो । फाइनल खेलमा प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनाल प्रमुख उपस्थिति रहेको थियो । त्यस्तै विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख कमला मगर , नगरखेलकुद बिकास समिति संयोजक आशाराम चौधरी , सुनसरी खेलकुद बिकास समिती उपाध्यक्ष भेषराज कार्की , पुर्व खेलाडी तथा राजनीतिज्ञ बुद्धि बहादुर कट्वालको उपस्थिति रहेको थियोे । त्यस्तै अतिथिमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
क्लबका सदस्यहरू , स्थानीय निकायका जनप्रतिनिधि , विभिन्न क्षेत्रका खेलप्रेमी महानुभावहरुको सहयोग बाटनै खेल सफल भएकोमा क्लबका अध्यक्ष मधुसूदन भट्टराईले सबैमा आभार व्यक्त गरेका थिए ।
त्यस्तै फुटबलको फाइनलकै दिन खेलकुदमा साहित्य सिर्जना भन्ने एउटा नौलो कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रम बराहक्षेत्र नगरपालिका ३ को आयोजना तथा स्वर्णिम साहित्य समाजको ब्यबस्थापनमा भएको थियो । सहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ दर्जन भन्दा बढी स्रष्टाहरुले कबिता तथा गजल बाचन गरेको स्वर्णिम साहित्य समाजका प्रकाश दिप्सालीले बताए । कार्यक्रममा अतिथि कविहरु श्रीशिशा राई , सन्तोष थेवे , इरान राई , राज मालाङ्क , राजेश बिद्रोही , बिश्वजित राई , प्रदिप योङ्हाङ ले आफ्ना रचनाहरु बाचन गरेका थिए । त्यसैगरी स्थानीय कबि नगेन्द्र बजगाइ , नदि राई , ज्ञानु राई लगायतले आफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रम मेयर कप लाई प्रमोट गर्ने उदेश्य सहित नडाह लगायत आसपासका क्षेत्रमा भएका स्रष्टा हरुलाइ साहित्य स्थापित गर्ने उदेश्यले आयोजना गरिएको वडाध्यक्ष रुद्र दहालले बताए । कार्यक्रमको भिडियो बराह भिडियो ग्राफी यु ट्युव च्यानलका प्रोपराइटर खड्ग लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *