खाद्य तथा कृषि संगठनका महानिर्देशक र नेपालका राज्यमन्त्री चौधरी बीच भेटवार्ता

ईटाली । विश्व खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.)का नवनिर्वाचित महानिर्देशकडा. यू डोङ यू र कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी बीच भेटवार्ता भएको छ । एफ.ए.ओ.को ४१ औं सम्मेलन बाट निर्वाचित डा. यु (चीन)चार बर्षे कार्यकालको लागि निर्वाचीत भए सङ्गै विश्वभरी र बिशेष गरी एसिया क्षेत्रमा नयाँ आयाम थपीने विश्वास लिएको छ । राज्यमन्त्री चौधरीले नेपालको खाद्य तथा कृषि क्षेत्रमा एफ.ए.ओ.ले गर्दै आइरहेको सहयोग पर्याप्त नभएकोले यसलाई निरन्तरतासंगै अब बन्ने योजनामा बिशेष जोड दिनु पर्ने कुरा बताइन् । नेपाल कृषि प्रधान देश भएकोले कृषिमा आधारीत उधोगहरु संचालित गर्न सकीने अवस्था भएकोले एफ.ए.ओ.ले प्राबिधिक सहयोग गर्नु पर्ने बताइन् । नेपाल संघीय प्रणालीमा गएसंगै स्थायी सरकार गठन भएसंगै सबै क्षेत्रमा लगानी भित्री रहेको र बिकासले गती लिएको बताइन् । डा. युले आफू नेपालको छिमेकी भएकोले नेपालसंग आफू परीचीत भएको बताए । आफ्नो कार्यकालमा नेपाललाई भरपुर सहयोग गर्ने डा. यु ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *