एफ.ए.ओ.को ४१ सेसनमा नेपालबाट राज्यमन्त्री चौधरीको सम्बोधन

इटाली । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले 41 st Session of the FAO Conference  लाई सम्बोधन गर्नु भएको छ । नेपाल सङ्ग एफ.ए.ओ. ४२ बर्षको सहकार्य र खाद्य सुरक्षा तथा खाद्य स्वच्छता, कृषिको व्यवसायीकरण, बजारीकरण, प्राकृति श्रोतको संरक्षण तथा बैज्ञानिक उपयोगको क्षेत्रमा खेलेको भुमिका प्रशंसनीय रहेको राज्यमन्त्री चौधरीले बाताउनु भयो । एफ.ए.ओ.ले वातावरण अनुकूल, खाद्य स्वच्छता र बिरुवा तथा पशुपक्षी क्वारेन्टिन अभियानमा प्राबिधिक सहयोग गर्दै आइरहेकोमा यसलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको उहाँको भनाई छ । ग्रामीण एवं कृषि क्षेत्रबाट श्रमको पलायन तथा बिशेष गरी ग्रामीण क्षेत्रमा रहेका साना कृषकहरुको आय तथा जीवन स्तर सुधार गर्न र कल्याणकारी कार्यक्रम प्रवद्र्धन गर्न यो सम्मेलनले सम्बोधन गर्ने विश्वास राज्य मन्त्रीले व्यक्त गर्नु भयो । नेपालले खाद्य संप्रभुता र खाद्य अधिकारलाई संबिधानमै मौलिक हकको रुपमा स्थापीत गरिसकेको र युसको कार्यान्वयनको लागि आधारभूत कानुनहरुको तर्जुमा तथा मौजुदा कानुनहरुमा समसामयिक परिमार्जन भैसकेको उहाँले जानकारी दिनु भयो ।
नेपाल सरकारले कृषि क्षेत्रको दिगो बिकास र कृषि पेसालाई सम्मानजनक, सुरक्षीत तथा आकर्षक बनाउन र किसानको आय वृद्धि तथा कृषकको कल्याणको लागि बीस बर्षे कृषि बिकास रणनीति (२०१५–२०३५) कार्यान्वयनमा ल्याएको बताउनु भयो । नेपाल सरकारको सबृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न १५ औ आवधिक योजना आ.ब.२०७६–०७७को नीति तथा कार्यक्रमले समेत कृषि तथा पशुपक्षी उत्पादनमा केही बर्ष भित्रै आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प लिएको मन्त्री चौधरीले बताइन् । सम्मेलनमा १९२ देशका कृषि मन्त्री तथा उच्च पदका कर्मचारीहरुको सहभागीता रहेको र सम्मेलनले कृषि, ग्रामीण किसानहरुको बिकास र अन्तर सम्बन्धित मुद्दाहरुमा कृषिमा आधारित अर्थतन्त्र भएका देशहरुका लागि भावी रणनीति तयार गर्ने अपेक्षा गरिएको छ । सम्मेलन २२ जुन देखि २९ जुनसम्म चल्ने जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *