इटहरीमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण

इटहरी । डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरुका मंगलबार इटहरी अस्पतालमा अभिमुखीकरण आयोजना गरिएको छ ।
अभिमुखिकरणको आयोजना इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा र इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले संयुक्तरुपमा गरेका हुन् ।
अभिमुखीकरणमा महाशाखा टेकुका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले सरोकारवालाहरुलाई डेंगुदेखि सचेत हुन आग्रह गरेका थिए । उनले वातावरणीय क्षेत्रमा आएको परिवर्तनले विभिन्न रोगको संक्रमण बढ्न थालेको बताए । उनले भने–‘डेंगु रोग पनि त्यस्तै हो ।’ उनको भनाइअनुसार चिकित्सा क्षेत्रले नसोचेका रोगहरु विश्वमा देखा परिरहेका छन् । उनले यस्ता रोगको संक्रमण देखा पर्नुको कारण पृथ्वीको तापक्रम बढ्दै जानु हो भने । उनले डेंगु संक्रमणबाट बच्ने विभिन्न उपायहरुबारे पनि सरोकारवालाहरुलाई बताएका थिए ।
त्यसैगरी, उपमहानगर स्वास्थ्य शाखा संयोजक रामचरण चौधरीले ७ जना मानिसमा इटहरीमा डेंगु देखिएको जानकारी दिए । अभिमुखीकरणमा मोटरसाइकल ग्यारेज संचालक, शिक्षक, स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सहभागिता थियो ।
इटहरीमा देखिएको डेंगु नियन्त्रणको लागि इटहरी उपमहानगरपालिकाले लामखुट्टे, मलेरिया, डेङगु नियन्त्रणको लागि फगिङ स्प्रे कार्यक्रम संचालन गरेको थियो । तर, त्यति प्रभावकारी नहुने अभिमुखी कार्यक्रममा चर्चा गरियो ।
उपमहानगरले वडा नम्बर ६ र ९ मा औषधी छिटकाउ गरेको थियो । साथै सचेतना अभियान पनि चलाइएको थियो ।
साथै इटहरी–४ हलगडामा क्षेत्रमा गरिएको डेंगु रोग नियन्त्रण अभियान संचालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा पनि डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, सहभागी भइ घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं ६ मा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न घरदैलो कार्यक्रम संचालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं ८ को पुष्पलाल चौकमा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न सम्बन्धी छलफल तथा अन्तक्र्रिया गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
साथै इटहरी–४ आइतबारे टोलमा डेंगु रोग अभियान साथै लामखुटेको बासस्थान खोजी तथा लार्भा नष्ट गरिएको छ ।
उता, धरानमा देखिएको डेंगु नियन्त्रणउन्मुख भएको छ । प्रदेश सरकारले पनि डेंगु नियन्त्रण अभियानलाई प्रभावकारीरुपले अगाडि बढाउने योजना बनाएको मंगलबार एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । मंगलबार नै सामाजिक विकासमन्त्री जिवन घिमिरेले स्वास्थ्य क्षेत्रका अगुवाहरुसँग छलफल गरिसकेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *