मेयर कपको दोश्रो दिनको खेलमा ए पि एफ बिजयी

अच्युत भट्टराई ।
बराहक्षेत्र , एभरेष्ट फुटबल क्लब बराहक्षेत्र ३ नडाहको आयोजनामा भएको ” दोश्रो बराहक्षेत्र मेयर कप ” को दोश्रो दिनको खेलमा ए पि एफ पुर्वाञ्चल बिजयी भएको छ ।
ए पि एफ का जर्सी न ८ का खेलाडी उज्वल चाम्लिङले खेलको ४ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी २५ औ मिनेटमा शान्तिनगर फुटबल क्लबका भुवन बस्नेत १ गोल गरि बराबरिको अवस्थाम पुर्याएका थिए ।

दोश्रो हाफको ११ औ मिनेटमा ए पि एफका जोन मगरले गोल गर्दै २-१ को अग्रता दिलाए । शान्तिनगर निकै आक्रमक भए पनि शान्तिनगरले गोल थप्न सकेन । पुनः
खेलको अतिरिक्त समयमा ए पि एफका जर्सी न १४ का रुपेश मगरले १ गोल गर्दै जित सुनिश्चित गराएका थिए ।
म्यान अफ द म्याच ए पि एफ का अरुण लिम्बू घोषित भए , उनको पुरस्कार स्काइ स्कुल नडाहले रु २ हजार ५ सय प्रायोजन गरेको थियो । सोमबारको खेल भने आयोजक बि र पन्चायन फुटबल क्लब रामधुनि बिच हुने आयोजक तर्फका मिडिया संयोजक प्रकाश दिप्सालीले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *