एभरेष्ट क्लबको आयोजनामा दोश्रो बराहक्षेत्र मेयर कप हुने

अच्युत भट्टराई ।
बराहक्षेत्र , एभरेष्ट फुटबल क्लब बराहक्षेत्र ३ नडाहको आयोजनामा दोश्रो बराहक्षेत्र मेयर कप यहि जेष्ठ ३२ गते बाट हुने भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष मधुसूदन भट्टराईले खेलमा जम्मा ८ वटा टिमले भाग लिएको साथै प्रथम पुरस्कार १ लाख २५ हजार र दोश्रो पुरस्कार ७५ हजार रहेको बताए । त्यसैगरी खेल संचालनका लागि जम्मा १६ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ , अहिले बराहक्षेत्र नगरपालिका बाट ३ लाख र तिन नम्बर वडा कार्यालय बाट २ लाख , बिनियोजन भएको छ भने बाकी रकम विभिन्न देश बिदेशमा रहनु हुने खेल प्रेमी महानुभाव र संघ संस्था बाट स्वेच्छिक सहयोग प्राप्त हुने आयोजकले बताएको छ । खेल नडाह स्थित नयाँ खेलमैदानमा हुनेछ । पत्रकार सम्मेलनका प्रमुख अतिथी वडा नम्बर ३ का अध्यक्ष रुद्र दहालले मेयरकप नगरको एक गौरवपुर्ण खेल भएको हुँदा यसलाई आयोजक क्लबले निरन्तरता दिएकोमा खुशी ब्यक्त गरे । साथै खेलकुद बिकासका लागि आफु सदैब लागि पर्ने अध्यक्ष दहालले बताए । नडाह बराहक्षेत्रको दोश्रो ठुलो जनसंख्या भएको
वडा हो साथै यहाँ फुटबलमा रुचि दिने युवाहरु धेरै भएको हुँदा उनिहरुलाइ अवसर दिन आयोजकका तर्फ बाट २ वटा टिम सहभागी गराएको समेत जानकारी दिइएको छ । आयोजकका तर्फ बाट रातो र निलो दुई टिम मैदानमा उत्रिने भएका छन् । खेलको मिडिया संयोजकको जिम्मेवारी भने औजार दैनिकका पत्रकार बराहक्षेत्र ३ निवासि प्रकाश दिप्साली राइले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *