इटहरीमा एफजीएस एफआई भी थ्री सार्वजनिक

इटहरी । यामाहा मोटरसाइकलको आधिकृत विक्रेता तिरुपति अटो सिटी इटहरीले फिल द थ्रिल रोड सो सहित एफजीएस एफआई भी थ्रि सार्वजनिक गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारि क विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा भित्र्याएको एफजीएस एफआई भी थ्रि इटहरी विक्रेता तिरुपति अटो सिटीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।
फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक सिस्टम दुबै भएको १५० सिसीको एफजीएस एफआई भी थ्री पहिलो मोटरसाईकल भएर र सबैखाले मौसम र सडकको अवस्थामा पनि सजिलै चलाउन सकिने सुविधायुक्त रहेको एमएडब्लु इन्टरप्राइजेजका विक्री अधिकृत प्रकाश देवकोटाले जानकारी दिए । यस मोटरसाइकलमा फ्रन्ट र ब्याक दुबै ह्वीलमा डिस्क ब्रेकको व्यवस्था रहेको समेत उनले बताए । सार्वजनिक गरिएको मोटरसाईकलको विक्री सुरु भइसकेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए । मोटरसाईकल सार्वजनिक तथा फिल द थ्रिल रोड शो कार्यक्रममा विभिन्न कलाकारहरुका प्रस्तुति रहेका थिए भने व्यवसायी भीम पौडेल, शैलेश विष्ट, इटहरीका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेल लगायतको सहभागिता रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *