स्वास्थ्य तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रम

    • बराहक्षेत्र ।
    बराहक्षेत्र नगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा कल्याण महिला संस्थाले एक दिने स्वास्थ्य तथा सरसफाइ सम्बन्धि एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका दलित बस्तीहरु धनपुरी र दुबियाही टोलका स्थानीय हरु सहभागी गराइ कार्यक्रम गराएको संस्था कि सचिव समिक्षा थापाले बताइन । गर्मी समयमा रोगहरुको प्रकोप बढी हुने हुँदा विशेष सरसफाइमा ध्यान नपुर्याए बिरामी हुने खतरा हुन सक्ने हुँदा यो कार्यक्रमका लागि सहयोग गरिएको वडाध्यक्ष आशाराम चौधरीले बताए । कार्यक्रममा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक जानकारी संस्थाकि कोषाध्यक्ष गिता कट्टेलले दिएकी हुन् । कार्यक्रम संस्थाकि अध्यक्ष इन्दिरा निरौलाको सभाध्यक्षतामा भएको थियो ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *