भ्रष्टाचारीेलाई फूलमालाले स्वागत गर्नुपर्ने भन्दै इटहरीका मेयर चौधरी कड्कीए

शालिग्राम पाण्डे

भ्रष्टाचार गर्ने कर्मचारीलाई कुटेको र पत्रकारलाई दुव्र्यवहार गरेको बारेमा मेयरले बोलेका कुराको भिडियो भाइरल भै रहेको समयमा जेठ तेश्रो साता इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीवासीलाई स्थानीय टेलिभिजन मार्फत सम्बोधन गर्नु भयो । इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई कुटेको बारेमा इटहरी उपमहानगरपालिकाका जिम्मेवार पदाधिकारीले माफी मागेको र पत्रकारलाई दुव्र्यवहार गरेकोमा इटहरीका मेयर स्वयंले प्रेस विज्ञप्ती प्रकासन गरी माफी मागेको भन्ने समाचार संचार माध्यममा आएकोले अब इटहरीका मेयर र पत्रकार विचको समस्या निराकरण भयो । इटहरीको बजेटकाबारेमा छलफल होला इटहरीको विकास होला इटहरीलाई आएको बजेट गत वर्ष २१ प्रतिसतमात्र खर्च भएकोले यो वर्ष पुरै खर्च गर्ने गरी कार्यक्रम बन्ला । इटहरीमा तिब्र गतिमा विकास होला इटहरी उपमहानगरपालिकामा सुसासन कायम होला भन्ने इटहरीवासीले आशा गरेका थिए । मेयर चौधरीले पनि विभिन्न व्यक्तिहरुसंगको भेटघाटमा म पत्रकारलाई सम्मान गर्छु पत्रकार संग मेरो कुनै इगो छैन भन्ने गर्नु भएको थियो ।
इटहरीका मेयर संग न्यज२४ का पत्रकार रवी लामिछानेको सिधा कुरा जनता संग कार्यक्रममा इटरीका मेयरले पत्रकार र कर्मचारीका बारेमा धावा बोलेको बारेमा सामाजिक संजालमा भाइरल भए पछि इटहरी उपमहानगारपालिकाको चर्चा सबैले गर्न थाले । इटहरीवासी अधिकाँसले चियापसल होस वा भेटघाटमा इटहरीका भ्रष्ट कर्मचारीलाई कुटेको तथा पत्रकारलाई दुव्र्यवहार गरेको बारेमा चर्चा परिचर्चा चलिरहेको छ । इटहरीका मेयर चौधरी संग सिधा कुरा जनता संग कार्यक्रम शुरु गर्नसाथ न्यूज २४ का पत्रकार रवि लामीछानेले चौधरीको स्वभाव देखेर ३ छक्क पर्नु भयो । कार्यक्रममा पत्रकारलाई दुव्र्यवहार गरेको कुरामा मेयर चौधरीले गौरव गर्दै बोलेको भाव पाइयो । मेयर चौधरीले विगतमा पत्रकार खिलनाथ ढकाललाई पर्शुराम वस्नेतले कुटेर नाक भाचि दिएकोमा खोइ के कारबाही भयो त ? भनेर पत्रकारलाई कुटपिट गर्दा कुनै कानुनले नछुने पत्रकारलाई जे गर्दा पनि पत्रकारहरुले सहेर वस्ने गरेकोले आफुले पनि पत्रकारलाई नभएर चाटुकार, पित पत्रकारलाई ठेगान लाउन चाहेको भाव व्यक्त गर्नु भयो । पत्रकार लामीछानेको कार्यक्रममा बोल्दै कर्मचारीलाई कुट्नुलाई काँक्रा चोरलाई मुड्के सास्तीको संज्ञा दिनु भयो र भ्रष्टाचारीलाई फुलको मालाले स्वागत गर्नु पर्ने भन्ने खालको अभिव्यक्ति मेयर चौधरीको रहेको थियो  । पत्रकारलाई दुव्र्यवहार गरे अभैm गर्छु अब कालोमोसो दल्छु भन्दै कड्किएर भन्नु भयो पर्शुराम बस्नेतले पत्रकारको नाक भाचि दिए खोइ कसले के गर्न सक्यो भन्दै नसक्ने निर्धाहरु अदालत जान्छन् सक्षम आफै फेस गर्छन् भन्ने संकेत गर्दै फटाहालाई कुटेर, धम्क्याएर ठिक लाउने भन्नु भयो । कार्यक्रममा चर्को स्वतरमा बोल्दै इटहरीका मेयर जब्बर रहेछ भनेर मेरो नेता केपी ओली, माधव कुमार नेपाललाई सुनाइ दिनुस भन्दै कड्किनु भयो । पत्रकार लामीछानेसंग कार्यक्रममा बोल्दै कसले के गर्न सक्छौ गर भन्नु भयो । मेयर चौधरीले मेरो अधिकार कसले कटौति गर्न सक्छ गरोस भन्दै अब आफुले फटाहाहरुलाई जसरी भए पनि तह लाएरै छाड्ने भाव व्यक्त गर्नु भयो । रिसको समयमा कसैले पनि बेद नपढ्ने, जस्तालाई तस्तै ढिडालाई निस्तै … जस्ता उखान भनेर आफुले कर्मचारी र पत्रकारउपर गरेको दुव्र्यवहार ठीक भएको भन्नेमा अडिग रहनु भयो ।
इटहरीका मेयर चौधरीले बोलेका भाषाहरु वाहाँको प्रश्तुती शैली देखर कतिपयले मेयर भ्रष्टाचार नगर्ने, इमान्दार र कडा स्वभावको हुनु हुँदो रहेछ भ्रष्टाचारीलाई ठिक पारे, पितपत्रकारीता गर्नेलाई ठीक पारे भन्ने बारेमा बादविवाद भै रहेको छ  । कतिपय जनताको भनाई के छ भने मेयरले विशुद्ध पत्रकारलाई गाली गर्नु भएको छैन पितपत्रकार, चाटुकार पत्रकार र विकाउ पत्रकार (कसैको हण्डी खाएको भरमा लेख्ने पत्रकार) लाई पो गाली गरेको हो भन्ने बुझाई रहेको पाइन्छ । कतिपयले भने जनप्रतिनिधि भएर यस्तो तुच्छ बोली बेल्ने, दादागिरी शैली, अराजकता मच्चाउने, कानुनलाई हातमा लिने इटहरीका मेयरले के गर्न खोजेको होला ? किन यस्तो भयो होला भन्ने अचम्भित भएका छन् । कतिपयको भनाइमा पत्रकारलाई नचलाएर बर पत्रकारलाई खुसी पारेर भ्रष्ट कर्मचारीलाई ठीक लाउनु पर्ने थियो भन्ने तर्क रहेको छ । इटहरीका मेयरले जे गरे ठीकै गरे भन्नेहरु र इटहरीवासीलाई मेयरले के गर्न खोजेको होला भनेर अचम्मित हुनेहरुको संख्या कुन अधिक होला त्यसले इटहरीवासीको स्तर निर्धारण गर्ने छ । इटहरीका मेयर नेपाल कम्यूनिष्ट पार्टीको प्रदेश कमिटीका सदस्य हुनु हुन्छ भन्ने द्वारिकलाल चौधरी स्वयमले रवी लामीछाने संगको कुराकानीमा भन्नु भएको छ । मेयर चौधरीले कर्मचारी र पत्रकारउपर यस्तो धावा बोल्नुमा प्रदेश कमिटी जिल्ला कमिटी, इटहरी नगरकमिटी किन चुप चाप बसेको छ । सुन्नमा आए अनुसार मेयर चौधरी विरामी हुनु हुन्छ औषधी खाइ रहनु भएको छ । वाहालाई औषधीले काम नगरेको हो भने प्रदेशको सदस्य मेयरजस्तो पदमा पुगेका व्यक्तिलाई समयमा उपचार गर्नु पार्टीको दायित्व हो । तर मेयर र पत्रकार विचको यति ठूलो विवाद भै रहँदा कम्यूनिष्ट पार्टीका नेताहरु चुप चाप रहनुमा अबस्य केही रहस्य छ । कतिपयले भने मेयर घुस नखाने भएकाले वाहालाई बद्नाम गराएर राजीनामा दिन लाउने र उपमेयरले कावा चलाउने र भ्रष्टाचारको सेटिङ मिलाउने भन्ने पनि कुरा बजारमा आएको पाइन्छ ।
पत्रकारको लेख्ने अधिकारलाई खुम्च्याउने, सरकार निर्देसित पत्रकारीतामा लाउने ऐन संसदमा आइ रहेको समयमा इटहरीका मेयर चौधरीको खोलो खैरो खन्नेमा पत्रकारहरु लाग्ने छन् यता सुटुक्क पत्रकारलाई कक्राउने गरी आएको विधेयक पास गरेर पत्रकारलाई तह लाउने नियोजित षडयन्त्र रहेकाले पनि मेयर चौधरीका बारेमा कम्यूनिष्ट पार्टी केही नबोलेको हुन सक्ने केही भुक्तभोगीको भनाई रहेको पाइन्छ । इटहरीका मेयर चौधरीलाई असफल बनाउन यस्ता अराजक गतिविधि गर्नमा उक्साउन नेपाल कम्युनिष्ट पार्टीकै कुनै गुट लागेको छ भन्ने भनाई सुन्नमा आउने गरको छ । ”सिदा कुरा जनतासंग” कार्यक्रममा एक जना जिल्ला स्तरका नेतालाई पनि कुटेको प्रसंग मेयर चौधरीले आफै ओकल्नु भएको छ । मेयर चौधरीले न्यूज २४ का पत्रकार रवी लामीछाने संग कुरा गर्दा व्यक्त गरेको कुरा भित्र मेयर चौधरीको मानस पटलमा उकुस मुकुस भएका कुराहरु नै ओकालेको आम जनताको बुझाई रहेको पाइन्छ । त्यसैले सामाजिक संजालमा मेयरको पक्षमा बढी कमेण्ट आएको पाइन्छ ।
पत्रकारिता गर्नु भनेको खुकुरीको धारमा हिड्नु सरह नै हो, नेपालमा मात्र होइन विस्वमानै पत्रकारीतालाई जोखिम पेसा मानिन्छ । लुकेका छिपेका कुराहरुलाई पत्रकारले बाहिर ल्याउने । खोज पत्रकारीताबाट सरकारका मन्त्री, सचिवजस्ता ठूलो ओहदाका व्यक्तिहरु तस्करहरु, भ्रष्टहरुले गरेका अनियमितता, घुस, भ्रष्टाचारका बारेमा सत्य तथ्य खोजविन गरी उजागर गर्ने भएकाले त्यस्ता गलत चरित्रका व्यक्तिहरुले पत्रकारलाई जहिले पनि निसाना बनाएका हु्रन्छन् । पत्रकारले समाचार लेख्दा निस्वार्थ भावनाले लेख्ने आप्mनो जीउ ज्यान माथीको खतरा मोलेर भए पनि जनतालाई सुसुचित गर्ने पत्रकारको धर्म भित्र पर्दछ । पत्रकार भनेको कुनै राजनीतिक दल, कुनै जातजाति, धर्म, सम्प्रदाय आदीको पक्षधर नभई आम जनता तथा सरोकारवालाहरुको पक्षमा कलम चलाउने विशुद्ध प्राणि हो । इटहरीका मेयर चौधरीले कर्मचारी र पत्रकारलाई दुव्र्यवहार गरेको बारेमा कतिपयलाई अचम्म लागेको होला तर अचम्म मान्नु चाही पर्दैन नेपालको परिवेसमा यो ठूलो कुरा होइन र नौलो कुरा पनि होइन । प्रधानमन्त्री केपी ओलीले केही वर्ष अघि मधेसबादी नेताहरुलाई तल्लो स्तरमा गाली गलौज गर्नु भएको थियो तर मधेशबादी नेता महन्त ठाकुरले भने बडो सभ्य मर्यादित शब्दमा केपी ओलीलाई जबाफ फर्काउनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले केही महिना अघि नेपालका विद्वत वर्गलाई तल्लो श्रेणीको गाली गर्नु भएको थियो, संसद भवनमा अमर्यादित शब्द बोल्नु भएकाले त्यस्ता अमर्यादित शब्द देश विदेशमा पुग्ने डरले सम्बन्धित निकायले प्रधानमन्त्रीका आपत्तीजनक बोली हटाउनु परेको संचार माध्यममा आएकै हो । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेयबहादुर देउवाले पनि पत्रकार सम्मेलनमा प्रधानमन्त्री रहँदाको अवस्थामा पत्रकारलाई हप्काउनु भएको थियो । जो जुन राजनीतिक दलको सत्ता भए पनि पत्रकारलाई ठीक पार्ने हप्काउने दप्काउने कार्य भएकाछन् त्यसमा कुनै राजनीतिक दलले नाक घोक्राउनु पर्ने अवस्था छैन । पंचायती कालरात्रीको अन्त्य भएर मुलुकमा लोकतन्त्रको स्थापना भए पछि पनि समाचार लेखेको विषयलाई दिएर धेरै पत्रकराले कुटाई खानुपरेको छ, धेरै पत्रकारहरु अपमानित हुनु परेको छ । पत्रकारितालाई दोषि आँखाले हेर्ने दुष्टहरुले कतिपय पत्रकारहरुको त ज्यान पनि लिएको अवस्था छ । विराटनगरका तत्कालिन नेकपा एमालेका भातृ संगठन युवा संघ संग आवद्ध नेता तथा कार्यकर्ता पशुराम बस्नेतले मानिस खटाएर पत्रकार ढकाललाई मरणासन्न हुने गरी कुट पिट गर्नु भएको थियो । नोवेल अस्पतालमा ढकालको उपचार भएको अवस्था थियो । आफुलाई लोकतान्त्रीक सरकार भन्ने सरकारका प्रधानमन्त्री मन्त्रीहरुले के हेक्का राख्न अवस्यक छ भने पत्रकारहरुले लोकतान्त्रीक सरकार संग पत्रकारको सुरक्षाका लागि पटक पटक याचना गर्नुृ परेको छ । पत्रकारलाई लंगडो बनाउने ऐन कानुन ल्याउन नदिने पत्रकारहरुले आन्दोलीत हुनुपरेको छ । जब सम्म मुलुकमा घुस , भ्रष्टाचार, अनियमितताजस्ता विक्रिति विसंगतिको अन्त्य हुँदैन तवसम्म पत्रकारहरु आन्दोलीत हुनु पर्ने क्रम निरन्तर चली रहने छ । यसमा पत्रकारहरुले आत्तिनु, त्रसीत हुनु पर्दैन । पत्रकारिता पेसा भनेकै जोखिम पेसा हो । जबसम्म पथभ्रष्टहरु, कानुनलाई हातमा लिनेहरु, अराजक गतिविधि गर्नेहरु सरकार द्वारा पालित पोषित गुण्डाहरुको अन्त्य भएर आदर्श समाजको निर्माण हुदैन तब सम्म पत्रकारीता पेसा असुरक्षित हुने छ । केही गलत व्यक्तिहरुले पत्रकारलाई पिट्छन्, धम्की दिन्छन्, ज्यान सम्म लिने चेष्टा गर्दछन् र ज्यान लिएका पनि छन् । यस्ता घट्नाबाट विचलित नभई आचार सहिताको पालना गर्ने, मुलुक र जनताको पक्षमा निस्वार्थ भावनाले कलम चलाउने पत्रकार एक भएर कलम चलाई रहनु पर्छ । एक दिन अवस्य पनि मुलुकमा अराजकताको अन्त्य भई आदर्श समाज स्थापित हुने छ भन्नेमा विस्वास राख्नु पर्छ । यतिमानै हामीले संतोष मान्नु पर्ने हुन्छ । पत्रकारले पिटाई खानु, अपमानित हुनुलाई अन्यथा भन्न मिल्दैन । पत्रकारको दिनचर्या भनेकै जस्तो सुकै कठीन संघर्ष गरेर भए पनि आवाज विहिन हरुको आवाज बुलन्द गर्ने । कहाँ कुन निकायबाट समाजलाई देशलाई , जनतालाई नोक्सान पुगेको छ त्यसको खोजविन गरि पत्ता लाएर त्यसका विरुद्धमा लडी रहने हो । पत्रकार संग कलमका टुडाले लेखेका घोचिला तथा पेचिला शब्दले घुस्याहा, भ्रष्टाचारी, व्यभिचारी आदीलाई रामबाँण हाने झै हान्नु पर्ने हुन्छ । पत्रकारीता भनेको सरकारको स्थायी प्रतिपक्षी हो तसर्थ पत्रकार र सरकार विचको लडाई कहिल्यै अन्त्य हुने होइन निरन्तर चलि रहन्छ ।
इटहरीका मेयर चौधरीले आफुलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आदीले संरक्षण गरेकोले अफुले जे गरे पनि कारबाही नहुने भाव झल्कने गरि न्यूज २४ संग कुरा गरेको अवस्था छ । प्रधानमन्त्री मन्त्रीहरु, विभिन्न नेताहरुले अप्ठ्यारो परिस्थितिमा पत्रकारहरु संग हार गुहार माग्ने गरेको र सत्तामा (शक्तिमा) पुगे पछि उनै पत्रकार संग त्रसित भएर कसरी हुन्छ पत्रकारलाई ठेगान लाउने प्रयत्नरत रहने नेताहरुको असली चरित्र हो । हो यहिनेर पत्रकारको आपत्ती हो यस्तै विषय वस्तुमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानव अधिकारकार जस्ता कुरा जोडिने गर्दछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले गरेको यस्ता दमनकारी व्यवहार, कानुनी राज्यलाई धावा बोलेका कुरा आम जनता सम्म लैजाने पत्रकारहरुलाई ठीक लाउनु पर्छ भन्ने सोच सरकारको रहेकोमा पत्रकारहरुको आसंका हो । वर्तमान सरकारले संचार मन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई ठीक लाउने विधेयक संसदमा पेस गर्नु भएको छ । घुमाउरो भाषामा जे भने पनि पत्रकारलाई जसरी थुमथुमाए पनि सिदा कुरा के हो भने विधेयकको उद्देश्य भनेको पत्रकारको कलमको टुडो भाच्ने अर्थात पत्रकारलाई ठीक लाउने नै हो । पत्रकारको कलमको टुंडो भाच्न सकिएन भने वाइड वडीमा कम्यूनिष्ट काँग्रेसका नेताको संलग्नता देखिने भयो पत्रकारलाई ठीक लाउन सकिएन भने बालुवाटारको जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका नेताको पनि सहभागिता देखिने भयो । ठूला नेताका करतुतहरु, मन्त्री परिषदले गरेको मुलुक र जनताको हित विपरित गरेका निर्णयहरु आम जनमानसमा आउने भए । सरकार र पार्टीका यस्ता धेरै कर्तूतहरु जनताले थाहा नपाउन् भनेर २५ हजार देखि १० लाख सम्म जरीवाना गर्न सक्ने अधिकार काउन्सीलका अध्यक्षलाई दिइने कानुन बन्न लागेको छ । प्रेस काउन्सील आज सम्म एउटा अर्धन्यायीक निकायको रुपमा रहेको थियो भने अबका दिनमा नेपाल सरकारको एउटा निकायका रुपमा रहने विधेयकमा उल्लेख भएको पत्रकारहरुको भनाई रहेको छ । काउन्सीलका अध्यक्षलाई त्यति ठूलो अधिकार दिने हो भने सरकारले पार्टीको इसारामा चल्ने चतुर खालको परिस्थिति र अवस्था अनुसार चल्न सक्ने अध्यक्ष नियुक्ति गरेर पत्रकारहरुलाई सरकार निर्देशित समाचार लेख्न बाध्य पार्ने सम्भावना देखिन्छ । सरकार निर्देशित पत्रकारीतामा पत्रकारले तीन म्रध्य एक विकल्प रोज्नु पर्ने बाध्यता रहने छ । त्यो के भने सरकारको विस्वास पात्र भएर सरकार निर्देसित पत्रकारीता गर्नु पर्ने छ । अथवा घर जग्गा विक्रि गरेर जरिवाना तिर्ने वा आप्mनो तथा आप्mना परिवारका नाममा कुनै पनि सम्पत्ती नराख्ने र जरिवाना वापत जेल बसेर जेल जीवन व्यतित गर्ने । पत्रकारहरु स्वतन्त्र हुनु पर्नैमा पार्टीका कार्यकर्ता भएकाले सरकारले घुमाई फिराई कसरी हुन्छ माथील्लो नेत्रृत्वमा रहेका पत्रकारहरुलाई हातमा लिएर पत्रकारको कलमको टुँडो भाँच्ने विधेयक आउन लागेको छ वर्तमान संचार मन्त्री गोकुल बाँस्कोटा लामो समय सम्म पत्रकारीता गरेकाले पत्रकारलाई के कसरी ठेगान लाउन सकिन्छ । पत्रकारलाई ठेगान लाउने गरी एैन नियम बनाउन के कसलाई कुन च्यानलबाट समात्ने हो ।
पत्रकरको आवाज कसरी बन्द गर्ने हो पत्रकारहरुले गर्ने आन्दोलनलाई कसरी सिथिल पार्नु पर्ने हो त्यस बारेमा संचार मन्त्रीले ग्राण्ड डिजाइन गर्नु भएको छ । अब पत्रकारहरु संचार मन्त्रीको ग्राइण्ड डिजाइन भित्र नफसी कन आप्mनो अधिकार तथा जनताको हक हितका लागि एक भएर आन्दोलीत हुनुको विकल्प छैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *