प्रथम नगर अधिवेशन सम्पन्न भयो

टिका वि.क. 

गछिया/मोरङको सुन्दरहरैंचा नगरपालिकाको उद्योग बाणिज्य संघ विराटचौक को सभाहलमा विहिबार नेपाल तामाङ घेदुङ नगरकार्यसमितिको आयोजनामा प्रथम नगरअधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङ नगर कार्यसमितिका अध्यक्ष रामकुमार ङ्यासुर तामाङको सभाध्यक्षतामा भएको थियो कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति भाषा साहित्य तथा प्रशिक्षण विभागिय प्रमुख काजिमान थिङ तामाङको आतिथ्य रहेको थियो । विशिष्ट अतिथिहरु नेपाल तामाङ घेदुङ प्रदेश १ का मित्रशेन योन्जन तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष दिल बहादुर पाख्रिङ, वरिष्ठ समाजसेवी देवराज तामाङ, नेपाल आदिवासी महासंघ नगर अध्यक्ष सुमन याख्खा, प्रदेश सचिवालय रेख बहादुर तामाङ रहेका थिए । अतिथिहरु भगवान मोक्तान लगायत अन्य रहेका थिए । कार्यक्रममा उपस्थित सभाहलका जनसमुदायहरुलाई स्वागत भाषणद्वारा स्वागत सम्वोधन नगरसमितिका उपाध्यक्ष मनु योञ्जनले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन हर्ष ग्लान तामाङले गरेका थिए ।
कार्यक्रममा समितिका कोषाध्यक्ष रुद्र गोङ्गबा तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष रामकुमार ङ्यासुर तामाङले कार्य प्रगति विवरण भावि योजना प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अधिवेशनले पुरानो नगरकार्यसमितिलाई विघटन गरी नयाँ नगरकार्यसमिति रामकुमार ङ्यासुरको अध्यक्षतामा उपाध्यक्ष मनु तामाङ, उपाध्यक्ष हेम बहादुर गोङ्गबा तामाङ, सचिव हर्ष बहादुर ग्लान तामाङ, सह-सचिव फुलसरा तामाङ, कोषाध्यक्ष रुद्र गोङ्गबा तामाङ सहित ११ जना सदस्य रहने गरी जम्मा १७ जनाको कार्यसमिति जयन गरेको छ । कार्यक्रममा पुरानो समितिलाई धन्यवाद दिदै नयाँ कार्यसमितिलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि थिङले भने नेपाल तामाङ घेदुङ हामी तामाङहरुको पहिचानको लागि, भाषा धर्म, संस्कार, संस्कृति मुल्य र मान्यताको बारे इतिहाँसको पाना पल्टाउन खडा भएको हो । हामीले अब गाली होइन चेतनाको विकास गरी गाँउबस्ती हिमाल पहाड र तराइमा जागरुक्ताको आवश्यकता भएको बताए त्यस्तै गरी विशिष्ट अतिथि र अतिथीहरुले समेत पुरानो समितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई शुभकामना दिएर बोलेका थिए ।
कार्यक्रममा तामाङ जातीको भेषभुषा लगाएर डम्फुको तालमा नाचेर कार्यक्रमलाई भव्यरुपमा रमाइलो बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *