नेपालमा आर्थिक विकासको अवस्था

                 सुमनचन्द्र कार्की

नागरिकहरु राज्यमा संगठित हुने अभिप्राय बस्तुत बैयक्तीक शुरक्षा र आर्थिक विकासका लागि हो भन्ने कुरा आधुनिक मानव शास्त्रीय र समाज शास्त्रीय अध्ययनबाट प्रष्ट भएकै कुरा हो । राज्य संगठीत भै सकेपछि राज्यको अन्तिम लक्ष्य शुसासन हो । शुसासन नारा होइन, राज्यको उद्देश्य प्रतित भएको परिणाम हो । राज्य विद्रोहबाट सम्भावित राज्यको खाका परिवर्तित गर्दा पुरातन राज्य व्यवस्थामा भएका अवगुणहरुलाई अन्योन्याश्रीत नबनाई फरक परखताका साथ नविन राज्यको निर्माण हेतु नविन आर्थिक संस्कृति, नविन सामाजिक संस्कृति र नविन राजनीतिक संस्कृतिको दस्तावेजी करण राजनीतिक घोषणाका रुपमा सविधानमा प्रलेखन भएकै हुन्छ ।
दस्तावेजीकरणका दृष्टिकोणले उल्लेखित संविधानबाद राज्यको अमुर्त खाका हो, यसलाई जीवन्तता दिनका लागि वा मुर्तता प्रदानगर्नका लागि राज्यका सबै संयन्त्रहरुको यथोचित सबलीकरण आवस्यक छ । नेपालमा सुरुभएका विकास परियोजनाहरुलाई राष्ट्रिय योजना आयोगबाट प्राज्ञीक रुपमा अध्ययन अनुसन्धान र आर्थिक सुचकाँकका आधारमा निर्भर नबनाई प्राविधिक वा अनुसन्धानबाट प्राप्त विषय वस्तु भन्दा फरक रही राजनैतिक आकाँक्षाका रुपमा योजना तर्जूमा हुने कुराले योजना प्रतिकै बैज्ञानिकतामा ठूलो असर परेको कुरा निविबाद तथ्य हो ।
यसर्थमा आवधिक योजनाहरुको परिणाम लक्ष्य अनुरुप नदेखिनु, आर्थिक सुचांकमा पुनरावलोकन नहुनु सोधनान्तर स्थितिमा प्रतिकुल असर पर्नु आर्थिक न्यायको परिणाम गरिवको रेखा मुनीका मानिसहरुमा नपुग्नु र लक्ष्य अनुरुप आर्थिक परिवर्तन नहुनुले लामो समय देखि जारी आर्थिक विकासका नाराहरुको उद्देश्य परिणाम मुखी नहुनु राज्य संचालनमा रहने मानिसहरुको भरपर्दो इमान्दारीताकै कमिका कारणले हुन गएको कुरा प्रष्ट छ ।
परियोजनाहरु पारित भए पछि प्राप्त हुने कमिसन, दातृराष्ट्रहरुले दिने सहयोगको परिवन्ध र पूँजीगत लागानीको न्यून खर्चको कारण लक्षित आय र परिणाम प्राप्त हुन नसकेको कुरा तत् क्षेत्रमा काम गर्ने प्राविधिक, प्राज्ञ, अर्थशास्त्री, जिम्मेवार कर्मचारी र लक्षित योजना पारित गर्ने मानिसहरुबाट राजनीतिक नाराकै रुपमा प्रकट हुने गरेकै छ । हरेक वर्ष प्रस्तुत हुने बजेट तथा आर्थिक नीतिले अघिल्लो वर्षको पूँजीगत लगानी र साधारण खर्चबाट देखिएको दुस्कृति युक्त परिणामलाई सुधारको संयन्त्रको रुपमा विकास गर्नु पर्नेमा त्यस्तो सुधार भएको कुरा नीतिगत रुपमै देखिन आएन । चरम नीतिगत कमजोरी, आर्थिक विशेषज्ञतालाई राजनीतिक हस्तक्षेपले गर्दा परियोजनाहरुको वा विकास मुलक अभियानहरुमा आशातित प्रतिफल प्राप्त हुन सकेन । चरम भ्रष्टाचार, सार्वजनिक दायित्व बअअगलतष्दष्ष्तिथ प्रतिको उदासिनता र सार्वजनिक सेवा र जिम्मेवारी लिएका मानिसहरुले देखाउने पार्टीगत अभिलाषाका कारण पूँजी र उत्पादनका विचको सम्बन्ध नकारात्मक सूचकाँक बाट सम्बोधन भै रहनुले परिणामलाई पुष्टि गरेकै छ । अर्थशास्त्रीय विष्लेषणका दृष्टिले हेर्ने हो भने निजी क्षेत्रबाट भएको लगानी वा सार्वजनिक क्षेत्रबाट भएको लगानी उपर राज्यले हरेक इकाइगत पूँजी लगानीको परिणाममा श्रमको उत्पादन संगको सम्बन्ध र उत्पादनको बजारीकरणको सम्बन्ध संग विश्लेषण गरि हरेक आर्थिक परियोजनाहरुलाई सुष्मतम रुपमा अध्ययन नगरी आर्थिक विकासको अभिलाषा राख्ने कुरा मिथ्यात्मक हुने कुरा निश्चित छ । जस्का कारणले आर्थिक परिणाम नकारात्मक छ ।
पूँजीबादी राज्यसत्ताले अपनाउने समाजबादी नीति र नाराहरु र सामाजबादी राज्य व्यवस्थाले अपनाउने उदारबादी नीति र नाराहरुलाई सापेक्षित रुपमा प्रयोग गरि आथिक नीति परिचालन गर्नु वर्तमानमा नेपालको महत्वपुर्ण चुनौति हो । सामाजिक न्यायका विषय वस्तुहरु माथी गरिएको पूँजीगत लगानीको प्रतिफल उत्पादनशिल हुँदैन । तर आकासिदो बैंक व्याज दर, महँगो श्रम, अनियमित उर्जा र निजी लगानी उपरको राजनीतिक हस्तक्षेपले उदारबादी अर्थतन्त्रलाई प्रतिकुल असर पार्ने हुँदा श्रमिकको सामाजिक सुरक्षाको विषय वस्तु पूँजीगत लगानी र उत्पादन संग विश्लेषण नगरी लागु गर्ने हो भने त्यस्ता निजी लगानीयक्त प्रतिष्ठानहरुले आर्थिक कार्यबोझ बोक्न नसकी अन्तर देशिय वा अन्तराष्ट्रिय उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्ने कारणले निजी क्षेत्रको पूँजीगत लगानी धारासाही हुन सक्छ । यस स्थितिमा बैदेशिक लगानी प्रवेश नगर्ने सम्भावना निक्कै हुने गर्दछ । भने निजी लगानीबाट राज्यले प्राप्त गर्ने करमा उल्लेखनिय वरिवर्तन नआई सामाजिक न्यायका क्षेत्रमा दिइने सुविधा उपर पनि प्रतिकुल असर पर्ने भएको हुँदा अन्तत्व विसौं,तिसौ वर्षमा पनि राज्यले दिगो विकास ग्रहण गर्न नसक्ने राष्ट्रिय पूँजी निर्माण हुन नसक्ने , अनुदान वा ऋणमा मुलुक चलाउनु पर्ने र बैदेशिक रोजगारी प्रति उत्पादनशिल मानव शक्ति बाहिरिनु पर्ने भएका कारण अन्तत्व समृद्धिको यात्रा टुंगोमा नपुग्ने हुन सक्छ । चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *