नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यबारे बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले इटहरीमा अन्तरक्रिया गर्दै

इटहरी । यही जेठ २५ गते शनिबार सुनसरीको इटहरीमा ‘नेपालमा कम्युनिष्ट आन्दोलनको भबिष्य’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।
बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल प्रदेश नम्बर १ को आयोजनामा अन्तक्र्रिया कार्यक्रम हुन लागेको हो । इटहरीस्थित गोर्खा डिपार्टमेन्टको हलमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख वक्ता बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) रहने सो पार्टीका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक राजकुमार हिङ्गमाङ्गले जानकारी दिए । यो विषयमा नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य गणेश कटुवाल, प्रगतिवादी साहित्यकार कुन्ता शर्मा लगायतले धारणा राख्ने संयोजक हिङ्गमाङ्गले जानकारी दिएका छन् । संयोजक हिङ्गमाङ्गले सो कार्यक्रममा उपस्थित भइदिन इटहरी र आसपासका दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल पनि गरेका छन् । उनका अनुसार कार्यक्रम सफल बनाउन भव्य तयारी भइरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *