कृषि सुपर जोनमा बजेट थपिएको छ–राज्यमन्त्री चौधरी

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्रमा बजेट बढाइएको बताएकी छन् ।
सुनसरीको इटहरीमा शुक्रबार आयोजना गरिएको नेपालमा च्याउ खेति, अवस्था संभावना र चुनौती विषयक अन्तक्र्रिया   कार्यक्रममा बोल्दै उनले कृषि सुपर जोनमा बजेट बृद्धि गरिएको बताएकी हुन् । उनले भनिन्–‘संघिय सरकारले भर्खरै प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।’
उनले मन्त्रालय र किसान समूहले संचालन गरेका कृषि सुपर जोनमा बजेट थप गरिएको जानकारी दिइन् । राज्यमन्त्री चौधरीले सुपर जोनहरुको पुनःसंरचना गरिने पनि बताइन् । यसका साथै उनले सुपरजोनहरुको पुनरावलोकन गरिने पनि जानकारी दिइन् । राज्यमन्त्री चौधरीकाअनुसार किसानलाई आत्मनिर्भर बनाउने नीति सरकारले अघि सारेको छ । कार्यक्रममा उपस्थित च्याउन किसानहरुलाई उनले फरक–फरक र आधुनिक विधिबाट खेति गर्न सुझावसमेत दिइन् । साथै उनले किसानबाट पनि मन्त्रालयलाई समय–समयमा सुझाव आउनु पर्ने अपेक्षा राखेको जनाइन् ।
राज्यमन्त्री चौधरीले संघिय सरकारले नीति, निर्माण ठुला योजना संचालन गर्ने हुनाले प्रदेश सरकार र स्थानीय सरकारले किसानलाई विशेष ध्यान दिनु पर्ने बताइन् । उनले कृषियोग्य जमिन, औद्योगिक क्षेत्र, सहरी क्षेत्र अर्थात वस्ती बसाउने क्षेत्र कित्तकाट गरी जमिनको भूउपयोग ऐन ल्याउने तयारी भइरहेको कुरा दोहो¥याइन् । साथै उनले विउ विजन ऐन ल्याउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिइन् ।
उनले किसानको पिरमार्का आफूले बुझ्ने भन्दै यदि अनुदान नपाएमा वा विचौलीयाले अनुदान लिएको थाह पाएमा सम्बन्धित निकायमा उजुरी दिनसमेत भनेकी छन् । वास्तविक किसानले अनुदान पाउनु पर्छ भन्ने कुरामा आफू दृढ रहेको जनाउदै उनले अनुदानको सही ठाउँमा सदुपयोग हुनुपर्ने कुरामा जोड दिइन् ।
च्याउ उत्पादक किसान संघ केन्द्रीय समितिले आयोजना गरेको हो । कार्यक्रममा च्याउन किसानहरु गोपाल बस्नेत, हिरण्यप्रसाद भट्टराई, बाबुराजा श्रेष्ठ, लक्ष्मी, थापा लगायतलाई सम्मानसमेत गरिएको छ । अन्तक्र्रिया कार्यक्रमपछि सरकारलाई विभिन्न सुझावहरु लिखित रुपमा बुझाइने आयोजकले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *