झुम्कामा ” सिड्नी सपना ” उपन्यासको बिमर्श तथा साक्षत्कार

अच्युत भट्टराई ।
बराहक्षेत्र । रामधुनी नगरपालिका सुनसरी घर भएर हाल अष्ट्रेलियामा बस्दै आएकी सानू घिमिरेको उपन्यास सिड्नी सपनाको बिमर्श तथा लेखिका संगको साक्षत्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुरसागर संगीतालय तथा सिटि मार्ट्को आयोजनामा मार्टकै प्राङ्गणमामा भएको कार्यक्रम संचालक सुबोध घिमिरेले बताए । कार्यक्रमको सभाध्यक्षता गर्दै मार्ट संचालक पुष्प अधिकारीले कला साहित्य र संगीत मौलिक भए विश्व भरमा हाम्रो पहिचान रहन सक्ने बताए । संगीतमा साहित्यको ठूलो भुमिका रहन्छ । साहित्य बिनाको संगीत पुर्ण हुदैन , त्यसैले हामी सहित्यलाइ माया र सम्मान गर्छौ अधिकारीले बताए । आफ्नै ठाउँकि चेलिको सृजनालाइ हामीले प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो अधिकारी बताउँछन् ।
त्यसैगरी उपन्यासकि लेखिका सानुले आफू सिड्नी बसाइका क्रममा त्यहाँको एक्लोपनले सताउदा आफ्नो देश ,साथीहरू र आफन्तको यादले पिरोलिरहेको अवस्थामा यिनै कुराहरुलाइ सृजनामा बदल्ने प्रयास स्वरुप ” सिड्नी सपना ” नामक उपन्यास लेखेको बताइन् । उपन्यासमा नेपालीले अष्ट्रेलियामा भोग्नु पर्ने यथार्थलाई चित्रण गरिएको उनले बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै शिक्षक इश्वरी प्रसाद न्यौपानेले आफुले सिकाएको विद्यार्थीले प्रगति गरेको देख्दा आफुलाइ सन्तुष्टि भएको साथै आफुले दिएको ज्ञानले सार्थकता पाएको बताए । सानुको उपन्यासको केही भाग आफुले अध्ययन गरिसकेको हुँदा पुस्तक साहित्यमा बगेको र पाठकको मन आर्कषण गर्न सक्ने भएको बताउँछन । शिक्षक न्यौपाने सानुका गुरु हुन । कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका मेयर जय प्रकाश चौधरीले
राजनीति र सामाजिक क्रियाकलाप मात्रै बढी हुदा आफुले साहित्यको पाटो भुलिसकेको अवस्थामा यो कार्यक्रमले झक्झकाएको बताए । एउटी रामधुनी नगरपालिकामा जन्मिएकी चेलीले बिदेशमा बसेर पनि यस्तो राम्रो काम गरेर आफ्नो नगरलाई चिनाउने काम गरेको हुँदा आफू खुशिले गदगद भएको भन्दै आगामी दिनमा पनि सानुको थप सफलताको कामना गरेको बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख , शिक्षक , पत्रकार लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *