स्वतन्त्र पत्रकारको झापा जिल्ला कार्य समिति गठन

बिर्तामोड । स्वतन्त्र पत्रकार संघ झापा जिल्ला कार्य समिति एक कार्यक्रमबीच बिहीबार गठन भएको छ । बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित स्वतन्त्र पत्रकारहरुको प्रथम भेलाले ९ सदस्यीय कार्यसमिति छनौट गरेको हो ।
केन्द्रीय प्रतिनिधि शालिग्राम पाण्डे र सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र कार्कीको उपस्थितिमा रत्न बस्नेतको अध्यक्षतामा उक्त कार्य समिति गठन गरिएको छ ।
उक्त समितिको उपाध्यक्षमा पुष्पा लिम्बु, सचिवमा नरेन्द्र ढकाल र कोषाध्यक्षमा उत्तम रिजाल चुनिएका छन् भने सदस्यहरुमा आयुष निरौला, सुनिरा मैनाली, चन्द्र बस्नेत निर्वाचित भएका छन् । बाँकी दुई जना कार्यसमिति सदस्य मनोनयनका लागि उक्त भेलाले कार्यसमितिलाई अख्तियार दिएको सचिव नरेन्द्र ढकालले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *