बाटो र बिजुली एकै पटक

बराहक्षेत्र ।
अच्युत भट्टराई ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ४ पुरानो प्रतापपुर मुसहर बस्तीमा बाटो र बिजुली एकै पटक पुग्ने भएको छ । बर्षौ देखि बाटो र बिजुली दुवै सुबिधा बाट बन्चित यस बस्तीमा बाटो पुर्याउनका लागि स्थानीय समाजसेवी इन्द्र बहादुर खडकाले पौने १९ धुर जग्गा दिए पछि वडाले बाटो निर्माण गरिदिने अध्यक्ष आशाराम चौधरीले बताए । वडाले बाटोको दुवै किनारामा वाल लगाएर बाटो निर्माण गरिदिने साथै बस्ती सम्म पुर्याउनको लागि बिजुलीको पोल समेत लगाइदिने अध्यक्ष चौधरीे बताउछ्न । मुल बाटो र वस्तिको दुरि ९० मिटर रहेको छ । त्यसैगरी बस्तिका मानिसहरुले वाल निर्माणका लागि श्रमदान गर्न तयार रहेको बेचु मुसहरले बताए । प्रतापुर बस्ती निकै पुरानो बस्ती हो । यहाँ १२ घर परिवार को बसोबास रहेको छ । जुन ठाउँ लाई झ्याउलाइ मुसहरको गाउँ समेत भनेर चिनिन्छ । झ्याउलाइ त्यहाँका पुराना बासिन्दा हुन । आफू निर्वाचित भए पछि यस वस्तिका लागि केही गरौ भनेर लागि रहदा अहिले समाजसेवी खडकाको सहयोग पाए पछि ठुलो उपलब्धि हासिल गरेको अध्यक्ष चौधरी बताउछन् । गत बर्ष उनलेे यस बस्तीमा नगरपालिका बाट सोलार बत्ती उपलब्ध गराएर केही राहत प्रदान गरेका थिए ।

अहिलेको समयमा पनि बाटो र बिजुली बिहिन भएर निकै कष्टकर जीवन बिताइरहेका मुसहर समुदायको अवस्था हेरेर पहिले बाटै आफू बाटो दिन तयार रहेको समाजसेवी खड्का बताउँछन् । पहिले इच्छा भए पनि काम गर्न अलिक असहज थियो । अहिले जनप्रतिनिधि भएको अवस्थामा वडा संग सम्झौता गरेर काम गर्ने अवसर मिलेको हुँदा निकै सहज भएको खड्काले बताए । उनी भन्छन् यस वस्तिमा पुग्नको लागि कुनै बैकल्पिक बाटो थिएन । यो सबै अवस्था बुझेर बाटोको लागि जग्गा दिएको छु , वडाले राम्रो बाटो बनाइ दिनु पर्छ यहाँका बालबालिका , वृद्ध सबैले सहज रुपमा मुल बाटो सम्म आवतजावत गर्न सकुन् ।
त्यसैगरी वस्तिका झ्याउलाइ मुसहर भन्छन् बर्षौ देखि निकै दुःखले जीवन बिताएका थियौ अहिले बाटो र बिजुली दुवै आउने भए पछि आफ्नो टोल शहर नै हुने जस्तै लागेको छ।
उनी भन्छन् मैले पन्चायत काल देखि नै यहाँका नेताहरुलाइ बाटोको लागि भन्दै आए तर कसैले सुनेन । सबैले झुठो आश्वसन मात्रै दिए । हामीलाई नहुने आशा देखाएर हाम्रो भोटले चुनाव मात्रै जिते तर काम गरेन्न ।
यो वस्ती खोला को किनारमा रहेको वस्ती हो । यहाँका मानिसहरुले बर्षाको समयमा निकै दुख झेल्नु परेको थियो । बिगत लाई सम्झदै स्थानीय देवकी मुसहर भन्छिन हिउँदमा त सबै तिर सुख्खा हुन्थियो खासै वास्ता हुदैन थियो । तर वर्षा लागेपछी साह्रै पिर लाग्थ्यो जतासुकै हिलो हिड्ने बाटो छैन सर्प र किराहरु को उतिकै डर केटा केटिलाइ जोगाउनै मुस्किल । अब त बाटो बन्ने भयो यस्तो समस्या भोग्नु नपर्ला उनले खुशी व्यक्त गरिन । यहि बस्तिका अर्का पुराना ब्यक्ति हुन रामबिर मुसहर उनी उमेरले ७० नाघिसकेका छन् । उनि भोक्राहा बाट निकै साल अघि ( साल बिर्से ) बसाई सरि आएका हुन । उनी यहाँ आउदा ५ घर मात्रै थिए । धेरै पटक नेताहरुले बाटो बनाइदिने भनेर झुक्याएर गएको उनी कहिले बिर्सदैन्न । अहिलेका वडा अध्यक्ष बेला – बेला भेट्न पनि आउथे उनले बिस्तारै म बाटो ल्याउछु भनेर आशा देखाएका थिए । अहिले इन्द्र बहादुर खड्काले हामीलाई बाटोका लागि जग्गा दिएको सुने खुशी लाग्यो अब वडाले राम्रो बाटो बनाइदिए हामिलाइ पुग्यो रामबिरले बताए ।
गाउँमा बाटो थिएन साथै बिजुली पनि अब त बाटो र बिजुली दुबै आउने भयो टिभी पनि हेर्न पाइने मोबाइल चार्ज गर्न पनि बाहिर जान नपर्ने भो स्थानीय विद्यार्थी आशिका सदाले यसरी खुशी ब्यक्त गरिन ।
टोलका केही युवा बिदेश पनि गएका छन् तर आफ्नो घरमा बिजुली नहुदा टिभी ल्याउन नपाएको गुनासो उनिहरुको छ । बाटो बन्ने भयो अब त केही पैसा कमाएका केटाहरुले मोटरसाइकल पनि किन्न सक्छन् गाह्राे साह्रो पर्दा काम दिन्छ स्थानीय बिष्णु मुसहरले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *