क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा नार्क दिवस मनाइयो

इटहरी । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।
सुनसरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले वुधबार वृक्षारोपण गर्दै नार्क दिवस मनाएको छ । त्यसैगरी अनुसन्धान केन्द्र परिषर सरफाई पनि गरिएको छ । यी दुई कार्यक्रम विहानको समयमा भएका थिए ।
त्यसपछि उत्कृष्ठ कर्मचारीलाई पुरस्कार तथा सम्मान दिइएको थियो । बर्षमा बढी दिन कार्यालयमा हाजिर हुने कर्मचारीहरु कृष्णकुमार पोखरेल (२६५ दिन), सम्झना सुनुवार (२५७ दिन) निरकुमार श्रेष्ठ (२६१ दिन) लाई सम्मान गरिएको छ ।
साथै उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै कर्मचारीहरु प्रतिमा राई र रमेश भुजेललाई नगद दुई÷दुई हजार पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मन्जु भण्डारीले सम्मान तथा पुरस्कृत गरेकी थिइन् । सो अवसरमा नार्क दिवसको शुभकामना दिंदै कार्यवाहक प्रमुख भण्डारीले आफूहरुले कृषि क्षेत्रमा वजेट विनीयोजन गरेको जानकारी दिइन् । उनले धरानका ५ वडामा कृषि जोन बनाइएको जानकारी दिइन् । उनले किसानलाई अनुदान दिने गरी कार्यक्रम ल्याउनु पर्ने बताइन् । सो अवसरमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका कार्यक्रम संयोजक टिकाराम चापागाईंले इटहरीको २ र २० नम्बर वडामा कार्यक्रम संचालन गरिएको जानकारी दिएका थिए । अनुसन्धान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत सन्तोषराज त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने अर्का अधिकृत डिल्ली भट्टराईले कार्यक्रमको संचालन गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *