युवाको नेतृत्व दिपशिखा नै हुनु पर्ने

– नेपालको कम्युनिष्ट आन्दोलन लाई हेर्ने हो भने युवाहरूको ठुलो भुमिका रहेको पाइन्छ । युवाहरुको सक्रियता बिना कुनै आन्दोलन सफल भएका छैनन् ।
कमरेड दिपशिखा पुर्व माओवादी केन्द्र निकट संगठन वाइसीएलका केन्द्रिय अध्यक्ष हुन । महान जनयुद्ध , जनआन्दोलन र विभिन्न आन्दोलनमा दिपशिखाको महत्त्वपूर्ण भुमिका रहेको छ । उनी निडर शाहसी युवा नेता हुन । लाखौं युवा हरुको सफल नेतृत्व गरेका उनि समाज र राष्ट्र प्रती जिम्मेवार भएर लागेका छन् । ईतिहास लाई आधार मानेर हेर्ने हो भने वाईसीएल को भुमिका एकदम पहिलो स्थानमा रहेको छ । अहिले दुई ठुला कम्युनिस्ट पार्टीहरुको एकीकरण भैरहदा वाइसीएल र युवा संघ एकताको समय आइरहेको छ । अब भोलिका दिनमा पार्टी लाई युवाहरुको सहभागीताको निकै महत्त्वपूर्ण जिम्मेवारी हुने हुँदा युवालाई एक ठाउँमा राखेर हाक्नका निम्ति युवा नेता दिपशिखा नै सक्षम नेता हुन भन्ने कुरामा दुइमत छैन । अध्यक्ष द्वय केपि ओलि र प्रचण्ड कमरेडले यस कुरा लाई उच्च मुल्यांकन गरि सहि निर्णय गर्नु हुनेछ भन्ने बिश्वासमा छु । ( यो वाइसीएल सुनसरीका युवा नेता सचिन नेपालको निजि बिचार हो । )

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *