जेष्ठ नागरिक तथा उत्कृष्ठ बुहारी सम्मान कार्यक्रम सम्पन्न

टिका वि.क.

गछिया/मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ कार्यालयको प्राङगणमा आइतबार जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं. ४ कार्यालय समितिको आयोजना तथा ४ नं. वडा कार्यालयको सहयोगमा जेष्ठ नागरिक समाज तथा उत्कृष्ठ बुहारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुन्दरहरैंचा ४ नं. जेष्ठ नागरिक समाज समितिका अध्यक्ष दुर्गा पोखरेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरु ४ नं. वडा कार्यालयका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ र सुन्दरहरैंचा नगर समिति जेष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्की रहेका थिए । अतिथिहरु सुन्दरहरैंचा नगरपालिका कार्यपालिका सदस्य हर्क राज परियार, रविन्द्र कृष्ण श्रेष्ठ, विमला श्रेष्ठ, सावित्रा गुरागाई, उमा सूवेदी, नेत्र घिमिरे, लगायत अन्य रहेका थिए ।
कार्यक्रममा उपस्थित सभाका सम्पूर्ण जनमानसलाई जेष्ठ नागरिक समाज वडा समितिका सह सचिव डम्बर बहादुर आचार्यले स्वागत सम्बोधन स्वागत भाषणद्वारा गरेका थिए । कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक वडा समितिका सचिव केशव चौहानले गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा वडा नं. ४ निवासी दिल बहादुर काला खेती लगायत ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिक वृद्ध बृद्धाहरुलाई दोसल्ला ओडाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने वृद्धा पुष्प माया सिक्देल ९२ बर्षकी बृद्धकी बुहारी अपसरा सिक्देल र बलराम लामिछाने ७१ बर्षको वृद्धको बुहारी राधा देवी लामिछानेलाई आफ्ना बुबा आमा प्रति बुहारीमा हुनुपर्ने गुण, सद्भाव उत्कृष्ठ भएको हुँदा उनीहरु २ जनालाई उत्कृष्ठ बुहारीको रुपमा दोसल्ला ओडाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा सम्मानित बुहारी द्वयले भने हामीले हाम्रा माता पितालाई आफूले गरेको राम्रो व्यवहाकै आधारमा आज हामीले सम्मान पाएका छौं । यसको लागि आफूहरु खुशी भएको व्यक्त गर्दै हामी सबैले मातापिताको राम्रो सेवा गर्नु नै धर्म हो र सबैले राम्रोे व्यवहार को बाटो अवलम्बन गरौं भने ।
कार्यक्रममा विशिष्ठ अतिथी वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ ले शुभकामना मन्तव्य दिदै भने सामाजिक कार्यमा जनप्रतिनीधी भएर सधै सेवारत हुन जरुरत रहेको बताए । हामीले यस वडामा जेष्ठ नागरिक समाजका लागि २ ओटा चौतारा बनाएको कार्यक्रममा बताए । यसपाली भने जेष्ठ नागरिकहरुलाई ८० बर्ष भन्दा माथीका बृद्ध बृद्धाहरुलाई सम्मान कार्यक्रम गरेका छौं । आगामी बर्षमा अझ स–सक्त रुपमा विकास र सेवामा निर्लिप्त हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा अर्का विशिष्ट अतिथी जेष्ठ नागरिहरु बस्ने चौताराहरु बनाएको बताए । यसैगरी १२ ओटा वडा कार्यलयहरुमा समान रुपमा रकम गएको बताए भने वडा नं.७ मा प्रदेश सरकारबाट ३५ लाख रुपैया भवन निर्माणका लागि छुट्याएको र वडा नं. ९ को लागि १५ लाख रुपैया भवन निर्माणका लागि काली खोला संस्थाको सहकार्यमा रकम छुट्याएको बताए । यसैगरी यस सुन्दरहरैंचा जेष्ठ नागरिकहरुलाई अझ स–सक्त रुपमा अगाडि बताउँदै लैजाने कुरा व्यक्त गरका थिए । कार्यक्रममा प्रमूख अतिथी उपमेयर धनमाया तामाङले बोल्दै भनीन् हाम्रा आमा बुबाले धेरै योगदान गरेका छन् । साना कुरा देखि हरेक समाज विकासमा परिवर्तनमा जुटेर आज समाजलाई अग्रगतिमा पुराउने देन उनीहरुकै हो । आज मूलुक विकृति र विसंगतीमा छ्याप्छ्याप्ती भएको अवस्थमा हामीले जेष्ठ नागरिक समाजलाई सम्मान गर्नु, वुहारीहरुलाई सम्मान गर्नु समाजको लागि राम्रो काम भएको बताउदै अब यो सुन्दरहरैंचा नगरपालिका भरिनै यो क्रम रहने बताउनु भयो । कार्यक्रममा कृष्ण प्रसाद वस्ती मेनुका शर्मा, रामप्रसाद बास्कोटा लगायतले शुभ कामना मन्तव्यमा बालेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *