कुम्भ मेलाको समय सकिदै , ब्यापारी असन्तुष्ट

अच्युत भट्टराई ।

बराहक्षेत्र । सुनसरीको प्रसिद्ध धार्मिक तिर्थ स्थल चतरामा १ महिना सम्म लागिरहेको दोश्रो अर्ध महाकुम्भको समय सकिएको छ । तर मेलामा ब्यापार गरेर बसेका अधिकांश ब्यापारी हरु भने असन्तुष्ट रहेका छन् । चैत्र २३ देखि व्यापार गरेर बसेका अर्जुन दहाल भन्छन् आयोजक समितिले पैसा कमायो हामीले भने सावाँ उठाउनै सकिएन ,बेकारमा १ महिनाको समय मात्रै गयो । कुम्भ मेलामा निकै ठुलो ब्यापार होला भन्ने थियो तर होइन रहेछ । मेलामा आउने भक्तजनलाई मारवाडी सेवा समाजले खाना नास्ता खुवायो , अनि पानी खुवाउने त धेरै थिए । अनि कसरी व्यापार होस अर्जुनले बताए ।
कतिपय ब्यापारी ब्यापार राम्रो नहुने संकेत देखेपछि बिचैमा स्टल छाडेर हिडेका थिए । त्यसैगरि सितल मुखिया भन्छन् हामीले समितिका तर्फ बाट अनुगमन गर्दा पनि खासै २ – ३ जना ब्यापारी बाहेक कसैको पनि राम्रो ब्यापार भएको पाइएन यसमा हामीलाई पनि दुख लागेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *