किसान कल्याणको नेतृत्व बिकास तालीम

बराहक्षेत्र ।
कल्पना कार्की ।
किसान कल्याण बचत तथा ऋण सहकारी सस्था ले नेतृत्व बिकास,उत्प्रेरेणा तथा प्राकृतिक चिकित्सा सम्बन्धी गोष्ठी सस्था को सभाहलमा भब्य रूपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम ढकाल सभाध्यक्ष रहनु भएको थियो, प्रमुख अतिथिको रुपमा प्राकृतिक चिकित्सा डा.नरेन्द्र हमाल रहनुभएको थियो भने अतिथिमा कोषाध्यक्ष थिर बहादुर खड्का ,सदस्य देबि प्रसाद लुइँटेल ,इश्वरी प्रसाद लम्साल,प्रमोद शेर्पा,प्रेम ब. बस्नेत नेतृत्व बिकासका प्रशिक्षक राजेन्द्र शर्मा ,नरेस प्रसाद श्रेष्ठ ,पुष्प श्रेष्ठ लगायत रहेको कार्यक्रम सन्चालक तथा संस्थाका सचिब नरेन्द्र कुमार श्रेष्ठले बताए ।

बैशाख १८( मे १)अन्तरास्ट्रिय श्रमिक दिबसको दिन बिशेष सार्बजनिक बिदा हो,तर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले भने यो बिदालाई सार्थक बनाउने तथा आफ्ना सेयर र सेयर सदस्यका सन्तती हरुको नेतृत्व बिकास गर्न सक्ने क्षमतामा निखार आवोस भन्ने उदेश्यले यो कार्यक्रम को आयोजना गरेको आयोजक टिमले जानकारी दिएको छ।
उक्त कार्यक्रमबाट करिब ७५बालबालिका लाभान्वित भएका छन । आजका बाल बालिका भोलिका कर्णधार हुन जस्ले भोलिका दिनमा देशकै नेतृत्व लिन सक्नेछन् र त्यसको लागि आज देखिकै तयारी जरुरी छ भन्दै उनिहरुको आत्माबिस्वास बढाउने ,आफ्नो कुरा अभिब्यक्त गर्न सक्ने बनाउन यो कार्यक्रम औचित्य हो भने नेतृत्व कसरी लिने?असल नेतृमा हुनु पर्ने गुणहरु के के हुन जस्ता बिषयमा प्रशिक्षक राजेन्द्र शर्माले छलफल गर्नु भएको थियो । मानवीय जिबनमा लाग्ने रोग र त्यो रोगको प्राकृतिक निवारण के के हुन सक्छ ? कसरी रोग लाग्न नदिने तथा लागि सकेको रोगको उपचार प्राकृतिक रूपमा कसरी गर्न सकिन्छ? भन्ने विषयमा प्राकृतिक चिकित्सा डा.नरेन्द्र हमालले प्रष्ट पार्नु भएको थियो।
डा.हमाल बिगत २२बर्ष देखि प्राकृतिक चिकित्सामा आबद्ध छ्न। मानबिय शरीरमा लाग्ने रोगको निवारण प्राकृतिक रुपमै गर्न सकिन्छ र त्यस्को लागि आफ्नो जीवन शैली खानपान रहनसहनमा परिवर्तन गर्नु पर्ने बताउदै आज श्रमिक दिबसको दिन विशेष बनाउन कार्यक्रममा सहभागी सदस्य हरुको को स्वस्थ्य परिक्षण पनि इलेक्ट्रीक पद्धतिबाट न्यून शुल्कमा गरेका छ्न।
संस्था का अध्यक्ष सालिकराम ढकालको स्वस्थ्य परिक्षण बाट उद्घाटन गरिए पछि २५ भन्दा बढी सदस्यहरुले स्वस्थ्य परिक्षण सेवा लिन पाएका छ्न ।
उक्त परिक्षणबाट शरिरमा भएको हर्मोन को मात्रा ब्लडको अवस्था ,पानीको सन्तुलन लगाएत शरीरमा के को कमि छ र कुन भागमा के भैरहेको छ तुरुन्त रिपोर्ट बताइदिने र आवश्यक परेको अवस्थामा प्राकृतिक जडिबुटी बाट निर्मित औसधि को सुबिधा पनि सस्थाकै हलबाट बितरण भएको थियो।
यसरी प्राकृतिक चिकित्सा टोलि नै संस्थामा आएर स्वस्थ्य रहने विभिन्न उपाय बताउदै शरीरको परिक्षण लगाएत औषधिको समेत सुबिधा लिएर आएकोमा आफू लगाएत सम्पुर्ण किसान कल्याण परिवार नै धेरै खुसी भएको र भोलिका दिनमा आफ्ना सेयर सदस्य हरुलाई समेत विभिन्न सेवा सुबिधा दिन संस्था सदैब तत्पर रहेको र प्राकृतिक चिकित्साले पनि सदस्यहरुको स्वस्थ्यमा प्रत्य्क्ष सम्बन्ध राख्ने हुदा आगामी दिनमा प्राकृतिक चिकित्सा टोलि सङ हातेमालो गर्दै अगि बढ्ने बताउनु हुन्छ संस्थाका अध्यक्ष सालिकराम ढकाल।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *