सुनसरीको समग्र बिकासको लागि प्रदेश र संघिय सरकारसंग समन्वय भइरहेको छ–राज्यमन्त्री चौधरी

इटहरी । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीको समग्र बिकासको लागि आफू लागि परेको बताएकी छन् । विहीवार सुनसरीको देवानगन्ज गाउँपालिकाको वडा नम्बर ३ कप्तानगन्ज बजारस्थिति कृषि थोक बजारको भवन सिल्यानास गर्दै राज्य मन्त्री चौधरीले सो कुरा बताकी हुन् ।
सुनसरी जिल्लाको माटो कृषिको हरेक बालीको लागि उपयुक्त भएकोले यहाँ जुनसुकै कृषि उत्पादन गर्न सकिने मन्त्री चौधरीको भनाइ छ । सुनसरीमा माछा, धान, अदुवा बेसारको जोन संचालनमा रहेको र सदरमुकाम इनरुवा दक्षिण तरकारीको बिशेष कार्यक्रम सन्चालनमा ल्याउने मन्त्री चौधरीले जानकारी दिइन्। धराने कालो बंगुर देशभरि नै चर्चित रहेकोले यसलाई अझै व्यवसायिक रुपमा अगाडि बढाउन सदरमुकाम उत्तर बंगुर जोन र सदरमुकाम आसपास दुध मासुको लागि रागा, भैंसी र बाख्राको विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको मन्त्री चौधरीको भनाइ छ ।
बिकास निर्माणमा राजनीति गर्न नहुने मन्त्री चौधरीले बताइन् । देश बिकास गर्न भनेर सबै तहमा जनताले भोट दिएर जनप्रतिनिधि चुनिएकोले जनताको आशा र बिश्वासलाई जिवीत राख्न सबै जनप्रतिनिधिहरु इमानदारीपूर्वक लाग्नु पर्ने बेला भएको मन्त्री चौधरीले बताइन् । आफू यो ठाउँको बिकासको लागि संघीय मन्त्रालय र प्रदेश सरकारसंग आवश्यक समन्वयसमेत गर्ने गरेको मन्त्री चौधरीले जनाइन् । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयको सहयोगमा कृषि बाजार निर्माण हुन लागेको निर्माण समीतिका संयोजक महादेव मेहताले जानकारी दिए । कार्यक्रममा पूर्व सभासदद्वय सन्तोष थारु, मुङगालाल मेहता, गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्रप्रसाद मण्डल र समाजसेवी रामप्रसाद मेहताले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *