कवि नगेन्द्र बजगाइ -मलाई हेर्न मन छ

                 – नगेन्द्र बजगाँई

एउटा यस्तो
दृश्य हेर्नमन छ
जहाँ ,
प्रत्येक मान्छेको मनभित्र
जडान गरिएको होस
एक / एक थान (सि. सि. )क्यामरा

साच्चै के गर्दाहुन उनिहरु फेरी ?

मलाई हेर्न मन छ
कन्ट्रोल रुममा बसि / बसि
धितमरुन्जेल हेर्न मनछ
स्यालहरुको दरबारमा भन्किरहेका
झिगाहरुको गोलो ।

हेर्न मनछ
उनका बासस्थान वरिपरि
सरुवा र बढुवाको अनुरोध बोकेर
स्टिकर जडित ब्रीफकेस गुडिरहेको दृश्य ।

हेर्न मन छ
मेरो राज्यले पुछ्न असमर्थ
एक युवाको झोलाभित्रबाट बगिरहेको
प्रमाण – पत्रको अश्रुधारा ।
###
या अपराध गर्नुअघि
अपराधीले तयार पार्ने गुरुयोजनाको होस
या त
सरकारी अस्पतालबाट निजीमा रेफर गरि
चर्को मुल्यको इन्जेक्सन घोचेर
बिरामीलाई मार्ने डाक्टरको लाइसेन्स ।
मलाई हेर्ने मन छ
आउँदा आउँदैको बाटोबाट
एकाएक गायब भएको अनुदानको पोको ।

हेर्ने मन छ
टेबुल मुन्तिर बाट
एक हातले दिएको र अर्को हातले लिएको
दुर्लभ पैसाको नम्बर ।

अनि मलाई यो पनि हेर्न मन छ ! की
स्वयं लाइ ईश्वरको अवतार ठानि
जोवन दबाएर बसेका ब्रम्हचरीले
देख्ने गरेको सपनाको सिङ्गो अनुहार ।

यतिखेर ,
मलाई हेर्न मन छ
आखाँले देख्न नसकेका तमाम बस्तुहरू

जस्तो की
प्रेमको चौखट/ चौखट चहार्दै हिड्ने
धोखेबाजको खुट्टा

प्रेमको टाउकोबाट उम्रदै गरेको
तिरस्कारको सिङ
यो सबै सबै छर्लङ्ग भएपछि
मलाई हेर्न मन छ
अन्तत
एउटा यस्तो ऐना
जहाबाट स्पष्ट देखियोस
मान्छेको चित्र संगै उसका तमाम चरित्रपनि …… ।
७ बैशाख (२०७६ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *