अमाह सिमसारमा १ दिने मेला

अच्युत भट्टराई ।

बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिकाको पर्यटकीय स्थलको रूपमा चिनिदै गएको वार्ड न ५ मा अवस्थित अमाह सिमसारमा १ दिने मेला लाग्ने भएको छ । यहाँ २०७२ साल देखि ३ दिने मेला लाग्ने गरेको थियो । यस बर्ष भने बैशाख २२ गते एक दिने मात्र मेला लाग्ने भएको अमाहा सामुदायिक बनका अध्यक्ष भोजराज घलेले बताए ।
अमाह सिमसारमा जलदेबि माईको दर्शन गर्ने र भाकल गरि पुजा गरे मन को इच्छा पूरा हुने बिश्वास रहेको अध्यक्ष घले बताउँछन् ।
साथै मेला लगाउनले यहाँको प्रचारप्रसारमा सहयोग पुग्ने छ । अमाह सिमसारको मुख्य आकर्षण भनेको शान्त वातावरण, बोर्टिङ्गको व्यवस्था भएको ,पिकनिक स्पोर्ट्स समेत भएको हुँदा यहाँ आउने पर्यटकहरुको संख्या बढ्दै गएको अध्यक्ष घलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *