कबिता

🌹 गाली गर्ने प्रिय तिमी 🌹

पुष्प ढुंगाना

तिमी सँग कति छ्न रिस ,
आबेग, आक्रोश र गाली सबै सबै म माथी पोख
जीवन एक संयोग र आकास्मिकताको योग हो
के थाहा
भोलि म रहिन भने कस्लाइ गर्ने हो गाली
त्यसैले जति छ्न,पोख्नुपर्ने आबेग
मै माथी पोख
गालीमा पनि मुस्कुराउनु एक कला हो
जब शब्दकोषमा गाली सकिन्छ,
तिम्रो आक्रोश समाप्त हुन्छ
तिमी फेरि मुस्कुराउने छौ
आफैले गरेको गाली सम्झेर
त्यतिबेला तिम्ले घृणा गर्ने मान्छे
हुने छैन तिम्रो सामु
तर तिमिले थाहा पाउने छौ
घृणा भित्र लुकेको त्यो कस्तो अदभुत प्रेम थियोे
गाली भित्र लुकेको त्यो कस्तो अतभुत स्नेह
यो कुरा याद गरेर तिमी मुस्कुराउने छौ
गाली सुनेर पनि मुस्कुराउनु एक अदभुत कला हो
साचै गाली सुन्दा पनि चुपचाप
कुनै कबिता सुने जस्तै सुनिरहने त्यो मान्छे को
मनमा के थियो होला
संसार पढन सजिलो छ
गाह्रो छ मान्छे को मन पढन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *