गजल

गजल

नसानै तिमी भएउ मातको के कुरा भो
जीवन नै अर्पन गरे साथको के कुरा भो

नसालु त्यो तिम्रो नजरमा हराउदा हराउदै
आफैलाई भुल्न पुगे अपबादको के कुरा भो!

माया ,प्रेम र स्नेहको कुरा एउटै भएसि
आक्कलझुक्कल लागेको लातको के कुरा भो ।

सरा जीवन साथदिन्छौ भन्ने बिस्वासमा
तड्पिएर बिताएका दुईचार रातको के कुरा भो ।

यो मनको डोरि त्यो मन सम्म नपुग्नुपुगे पछि
समाजमा नचल्ने यो जाबो जातको के कुरा भो।

मिलोमतोमा त ढिडो गुन्द्रुक नै मिठो हुन्छ
नफल्ने मनसुली चामलको भातको के कुरा भो

भन्नेहरुलाई भन्न देउ जे जे भन्छन भनुन
हाम्रो माया साचो छ ती झारपातको के कुरा भो।

जीवन त हामिले होनि काट्नु पर्ने बोलचाल अनि
बाक्लिदै गएको हाम्रो भेटघाटको के कुरा भो।

-कल्पना कार्की

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *